महतला भिरमा मार्ग खुल्यो, गाडी चल्ने कहिले ?

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई बर्षको प्रयासमा सडकको मार्ग खुलेको छ ।

धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भिरमा करिब एक सय मिटर सडकको मार्ग बनाउन दुई बर्ष लागेको हो ।

अक्करे पहाडमा भौगोलिक कठिनाई, स्थानीयको बिवाद र निर्माण ब्यवसायीको ढिलासुस्तिले सडक निर्माण प्रभाबित बनेको बताइएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुष पहिलो हप्ता ठेक्का लगाएको थियो । रु. एक करोड ४९ लाख लागत अनुमान गरिएको योजना काठमाडौको बिएन कन्ट्रक्सनले रु. ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

Shreekrishna hardwear in news

बि.स. २०७७ असार मसान्त सम्म म्याद भएको आयोजना खोरीया, लमसुङ र लुलाङका बासिन्दाको बिवादको बाहनामा सम्झौता भएको १५ महिनापछि २०७७ चैतमा शुरु भएको थियो । पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुई वटा प्याकेजमा भएको ठेक्का मार्फत सडकको मार्ग खोलिएको बताउनुभयो ।
“आर्थिक बर्ष २०७७÷७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडकको मार्ग बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो,” उहाँले भन्नुभयो “२०७६÷७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसपाली गरेको हो ।”

अक्करे पहाडमा करिब एक सय मिटर दुरिमा चट्टान काटेर मार्ग खोलिएपनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ । खोरिया आधारभूत बिद्यालयका प्रअ रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिएपनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

‘‘खोरिया भन्दा अगाडी मरेनी र लमसुङ सम्म सडक पुगेको छ,’’ उहाँले भन्नुभयो ‘‘महतलाको भिरमा खुलेको ट्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवत जावत र ढुवानीमा सहज हुने थियो ।’’ सडक भएपनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।

Bhautik ministry notice about road

निर्माण कम्पनी बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने बिवादले समयमा काम गर्न नपाउँदा ढिलाई भएको बताउदै आउनुभएको छ ।

महतला देखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत बर्ष गाउँपालिकाको पहलमा महतला भन्दा अगाडी रोखियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो ।

सहमति अनुसार गत बर्ष गाउँपालिकाले बिनियोजन गरेको रु. चालिस लाख बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पुर्णता दिनुपर्ने लमसुङका ओम बिकले बताउनुभयो । महतला भिरमा खोलिएको सडक मार्गलाई सुधार गरेमा खोरीया हुदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् ।

महतलाको अप्ठ्यारो भिरलाई छाडेर संघीय सरकारको सडक डिभिजन कार्यालय बागलुङले खोरीया हुदै कासम खोला सम्म गत बर्ष साढे तीन किलोमिटर भन्दा बढी सडक खनिसकेको छ । खोरीयाबासीले चन्दा संकलन गरेर ढोरपाटन जाने मुल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्याक पनि खनेका थिए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि बिभिन्न बिकल्पमा छलफल र पहल भैरहेको बताउनुभयो । ग्रेड मिलाउन जग्गाधनीसँग सोमबार गाउँपालिकाले छलफल गरेको थियो ।

प्रदेश सरकारले सो सडकलाई यस बर्ष रु. तीस लाख बिनियोजन गरेको छ । पुर्बाधार बिकास कार्यालयका प्रमुख अर्यालले सो बजेटबाट पहिलेको ठेक्काको भुक्तानी दिइने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...