बागलुङको प्रजिअमा ढकाल

Gandaki Pardesh notice

काठमाडौ, गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।
गृहमन्त्रालयका अनुसार अनुसार बागलुङ, झापा, सुर्खेत, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।


जसअनुसार बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ । बागलुङ जिल्लामा अहिले सिडिओको रुपमा शिव कुमार कार्की हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ ।

Bhautik ministry notice about road


यसैगरी बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ ।

Shreekrishna hardwear in news

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।
ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...