मान्द्रेढुङ्गाका युवा सामुहिक बंगुरपालनमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामुहिक बंगुरपालन शुरु गरेका छन् ।

गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत बंगुरपालन शुरु गरेका हुन् । समुहका सदस्य गोबिन्द पुर्जाले २२ जना मिलेर उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरि बंगुरपालन शुरु गरेको बताउनुभयो ।

“१८ जना बिदेशबाट फर्किएका र गाउँमै भएका युवाहरु छौ,” उहाँले भन्नुभयो “फार्ममा आलोपालो काम गरेर बंगुरको स्याहार सुसार गरेका छौ । काम गर्नेले ज्याला र आम्दानी समान हिसाबले बितरण हुन्छ ।”

Shreekrishna

रु. पचास÷पचास हजारका दरले नगद संकलन गरिएको समूहलाई सहकारीमा रुपान्तरण गर्ने प्रक्रियामा लगिएको अर्का सदस्य रामबहादुर पाईजाले बताउनुभयो । दक्षिण कोरीयामा बंगुर फार्ममा काम गरेका बिमल र अनिल फगामीको अगुवाइमा बंगुरपालन गरिएको हो ।

बंगुरपालनलाई बिस्तार गरि स्वरोजगारसँगै आयआर्जन गर्ने युवाहरुको योजना छ । पाठापाठी, बयस्क, गर्भवति, सुत्केरी र भाले बंगुरलाई छुट्टा छुट्टै राख्न मिल्ने १० वटा कोठा भएको ब्यवस्थित खोर बनाइएको छ । एक सय वटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेश र पाख्रिबास जातका बंगुर छन् । खोरसँगै समुहको कार्यालय र दाना भण्डारण गर्ने अर्को भवन बनाइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यक्रमकी कृषि प्राबिधिक जेनिसा चोखालका अनुसार समूह मार्फत बंगुरपालनका साथै ठूलोबगरमा १० रोपनी जग्गामा १२ वटा सेमिहाइटेक प्रबिधिको पलास्टिक घर (टनेलं) बनाएर ब्यवसायिक तरकारी खेती शुरु गरेका छन् ।

“प्रदेश सरकारको ८५ र समूहका १५ प्रतिशत लगानीमा बंगुरपालन गरेका हुन्,” उहाँले भन्नुभयो “गत बर्ष रु. चालिस लाख बिनियोजन भएको कार्यक्रमका लागि यस बर्ष रु. पन्ध्र लाख बिनियोजन भएको छ ।”

तरकारी खेती र बंगुरपालन गर्न ६० घरधुरी कृषकहरु कार्यक्रममा आवद्ध भएका छन् । मान्द्रेढुङ्गा र ठूलोबगर पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी तथा गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकैका बस्ती हुन् । बजार नजिकै भएकाले तरकारी तथा बंगुर बिक्रीमा सहज हुने समूहका उपाध्यक्ष लोकबहादुर पुर्जाले बताउनुभयो ।

बिषादी र रासायनिक मलको प्रयोग बिना जैबिक प्रबिधिको प्रयोग गरेर खेती गरि वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

बेनीको सिंगा सुर्केमेला, बास्कुना, मंगलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, धवलागिरीको खिबाङ–खाम्ला र रघुगंगाको भगवति घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...