बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम

Gandaki Pardesh notice

बाँसखर्क । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पुष १८ र १९ गते सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत बिश्वास काफ्ले, बाली संरक्षण अधिकृत नमोनारायण शर्मा, म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डे र पर्वतका प्रेमप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो ।

२५ जना कृषकहरु सहभागी तालिममा पछिल्लो समय सुन्तला जात फलफुलमा खेतिमा देखिएको चाइनिज सिट्रोस फ्रुट फलाई र सिट्रोस ग्रिनको कारण र नियन्त्रणको उपायका बिषयमा प्राबिधिक, सैद्धान्तिक र ब्यवहारिक ज्ञान सिप प्रदान गरिएको थियो । सहभागीहरुलाई बोडो मिक्सर बनाउन प्रयोग हुने निलो तुथो, चुना र झरेका सुन्तलाको दाना सुरक्षित ब्यवस्थापन गर्ने पलास्टिक निशूल्क बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

औसा परेर झरेका सुन्तलाको दाना सुरक्षित ब्यवस्थापन गर्ने र पासो थाप्ने ज्ञान, सिप र प्रबिधी सिकाउन नमुना प्रर्दशनी पनि गरिएको थियो । यसैगरी स्रिट्रोस फ्रुट फलाई मार्ने खाद्यपासो प्रोटिन बेट र झरेका दाना पलास्टिकको बोरामा राखेर ब्यवस्थापन गर्ने बिषयमा जानकारी गराइएको थियो ।

Bhautik ministry notice about road

पाक्ने बेलामा दाना झर्ने र बोट सुक्ने समस्या धौलागिरी क्षेत्रमै धेरै सुन्तला खेती हुने बाँसखर्कमा पनि देखिएको छ । सुन्तला जातका फलफुलको दानाभित्र पसेको औसाले असोज देखि पुष महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफुसँगै भुइमा खसाल्छ ।

भुइमा खसेको औसालाई पलास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाइबस्तुलाई खुवाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर ब्यवस्थापन गर्नुपर्ने हुन्छ । जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ ।

आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना ब्यवस्थापन गर्ने र चैत बैशाख महिनामा प्रोट्रिनबेट सँगै बिषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राबिधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो । प्रोटिन बेटमा दाना झार्ने किराले मन पार्ने तत्व मिसाइएको हुन्छ ।

खानेकुरासँगै बिषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सु

खानेकुरासँगै बिषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैचा ब्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कृषि प्रसार अधिकृत काफ्लेको सुझाब छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...