बेनीमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी सामुदायिक बिद्यालयमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी गरिएको छ ।

गल्र्स फस्ट फण्डको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित बालबिवाह न्युनीकरण परियोजना अन्तरगत नाटक प्रर्दशन गरिएको हो । जगन्नाथ आचार्यले लेखन तथा निर्देशन गर्नुभएको नाटकमा आचार्य सहित दिनेश अधिकारी, लक्ष्मी पौडेल, रिता केसी, दिपक सुबेदी, धनमाया थापा र बिनिता थापाले अभिनय गर्नुभएको थियो ।

Bhautik ministry notice about road

४० मिनेट लामो नाटक मार्फत बालबिवाहको कारण, असर र बालबिवाह गर्नेलाई हुने कानुनी कारबाहीको बिषयमा सन्देश प्रवाह गरिएको हो । बिद्यार्थी मार्फत सन्देश प्रवाह गराउन बिद्यालयमा नाटक प्रर्दशन गरिएको संगम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो ।

Shreekrishna hardwear in news

यसअघि लुलाङको लमसुङ माबि, मुनाको धनजनता माबि, मुदीको बुद्धीबिकास माबि, ताकमको ताकम माबि र धारापानीको किसानी माबिमा ‘काइली आमा’ शिर्षकको सन्देशमुलक नाटक प्रर्दशन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...