भेटिएको बिदेशी नागरिकको सामान हस्तान्तरण

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा भेटिएको नगद र महत्वपूर्ण कागजात सहितको झोला सोमबार सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरिएको छ ।

फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल चार्जर ब्याकअप, नगद नेपाली बिस हजार, युरो एक हजार २५०, युएस डलर दुई, एक थान डाउन ज्याकेट, एक थान टर्च लाइट, एक थान ब्याग र महत्वपूर्ण कागजातहरु आइतबार भेटिएको थियो ।

Gunasthariya Shiksya

रोबिनले पुष १६ गते सामान सहितको झोला हराएको र खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गर्नुभएको थियो । सामान भेटिएपनि रोबिन सम्पर्कमा नभएपछि प्रहरीले सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउन अनुरोध गरेको थियो ।

Shreekrishna

सम्पर्कमा आएका रोबिनलाई प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भेटिएका सामान हस्तान्तरण गर्नुभएको थियो । रोबिनले सामान खोज्न सहयोग गर्ने प्रहरी लगायत सबैलाई धन्यवाद दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...