गाउँपालिकाको केन्द्र जोड्ने बैकल्पिक सडकमा जोखिमपुर्ण यात्रा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने बैकल्पिक सडकको यात्रा जोखिमपुर्ण बनेको छ ।

बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरी गाउँपालिकाले पुष १३ गतेदेखि दरबाङ–धारापानी–ताकम हुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवत जावत बन्द गरेका थिए ।

बिकल्पको रुपमा सञ्चालन गरिएको दरबाङ–खारा–भारबाङ–ताकम–मुना बैकल्पिक सडक अन्तरगत मालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने भारबाङ स्थित म्याग्दी नदीमा पुल नहुँदा जोखिमपुर्ण यात्रा गर्नुपरेको हो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका र निर्माण कम्पनीले म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेका थिए । तर खोलाको पानी ह्युम पाइप भन्दा बाहिरबाट बगेको हुनाले जिप, बस, मोटरसाइकल र ट्याक्टर आवत जावत गर्न जोखिम भएको यातायात ब्यवसायी ओम बिकले बताउनुभयो ।

सवारी साधनका इञ्जिन पानीमा डुब्ने र मोटरसाइकलाई खोलाले बगाउने खतरा रहेको उहाँले बताउनुभयो । भारबाङ देखि ताकम जोड्ने सडकमा ग्रेड र घुम्ति नमिलेकाले सवारी चलाउन अप्ठ्यारो भएको बसचालक राम्जी थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

झारबाङ घाटमा पुर्बाधार बिकास कार्यालयले ४० मिटर लामो पक्कि पुल पनि निर्माण गरिरहेको छ । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको दुई तर्फ पिल्लर मात्र ठडिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी खोलामा थप ह्युम पाइप राख्न, सडक मर्मत गर्न र मोटरेबल पुल निर्माणलाई पुर्णता दिन सम्बद्ध निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

बि.स. २०७५ मा मार्ग खोलिएपनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसंग २०७६ चैत ४ गते रु. १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलीखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा बैकल्पिक सडक निर्माण गरिरहेको छ ।

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ति थपेर करिब चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तरगत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ति सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुल देखि दङखोला सम्मको खण्डमा बिस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।

दरबाङ देखि धारापानी गाउसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) बर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

पहिलो चरणमा बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकीलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ति मिलाउनुका साथै ग्यावीन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...