एकिकृत समाजवादी म्याग्दीको पाँच वटा जनबर्गीय संगठनको नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी । नेकपा एकीकृत समाजवादी म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाबाट पाँच वटा जनबर्गीय संगठनहरुको नेतृत्व चयन भएको छ ।

अनुप गौचन इञ्चार्ज र कर्णबहादुर छन्त्याल संयोजक रहेको युवा संघ नेपालको २४ सदस्यीय, बिज्ञानराज शर्मा अध्यक्ष, अजय परियार उपाध्यक्ष, अमृत घर्ति सचिब र किशोर सुबेदी सहसचिब रहेको अनेरास्ववीयुको २२ सदस्यीय कमिटि घोषणा भएको छ ।

मुक्ति पाईजा अध्यक्ष, नेत्रबहादुर गुरुङ उपाध्यक्ष रहेको आदिबासी जनजाती महासंघ, चेतबहादुर परियार अध्यक्ष, राज शाही उपाध्यक्ष, सुनिता बिक सचिब र सेतु छिनाल उपसचिब रहेको ५१ सदस्यीय नेपाल दलित मुक्ति संगठन घोषणा भएको छ ।

Shreekrishna hardwear in news

लोकनाथ भुषाल (घायलश्री)को अध्यक्षमामा चयन भएको समाजवादी प्रेस संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिबमा सुपना बिश्वकर्मा, सहसचिबमा सुनिल दामल, कोषाध्यक्षमा बिमला परियार र सदस्यहरुमा क्रमश ः नबिना बानिया, मनिषा किसान, प्रदिप खत्री, मञ्जु परियार, सुजन रत्न चयन हुनुभएको छ । डा. होमबहादुर बरुवाल र हेमराज सुवेदी सल्लाहकारमा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गणेश वि.क.ले पद, पैसा र व्यक्तिगत फाइदा त्यागेर संबिधान र लोकतन्त्र जोगाउन बनेको एकिकृत समाजवादीमा कार्यकर्ताको आकर्षण बढेको बताउनुभयो ।

केन्द्रिय सदस्य तथा दलित मुक्ति मोर्चाका उपाध्यक्ष कृष्ण नेपालीले दलित, जनजाती तथा निमुखा बर्गहरुका मुद्दाहरु एकिकृत समाजवादीले सम्बोधन गर्ने बताउनुभयो । म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँले महिलाका समस्या सम्बोधन गर्ने एकिकृत समाजवादीमा आवद्ध हुन आव्हान गर्नुभयो ।

एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले अन्य पार्टीहरुले सोचेअनुसार जिल्लामा एकीकृत समाजवादी कमजोर नरहेको बताउँदै एक झिल्कोबाट नै सिङ्गो बनमा आगो लाग्नसक्ने चेतावनी दिनुभयो ।

अनेरास्ववियूका केन्द्रिय उपसचिव राजन पराजुली र केन्द्रिय सदस्य कल्पना सापकोटाले सत्य र लोकतन्त्रका लागि आफूहरु सबैकुरा गुमाउन तयार रहेको बताउनुभयो । केपी ओलीले दुईदुईपटक संसद विघटन गरेपछि दुई पार्टीको एकता भएर बनेको नेकपा विभाजित भएर नेकपा एमाले र माओवादी केन्द्र पूर्व अवस्थामा पुगेका थिए ।

नेकपा एमाले पनि विभाजित भएर बनेको एकीकृत समाजवादी यतिखेर आफ्ना सङ्गठनहरु निर्माणकै प्रक्रियामा रहेका बखत म्याग्दीमा जिल्ला भेला गरिएको हो । जनजाती महासंघ म्याग्दीका अध्यक्ष बमबहादुर पाइजाको अध्यक्षता, युवा संघ नेपालका केन्द्रिय सदस्य अनुप गौचनको स्वागत र सचिवालय सदस्य रुद्र किसानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम हुनुअघि बेनी बजारमा ¥याली निकालेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...