चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

Shreekrishna hardware

चिमखोला । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोलालाई बिहिबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा श्रमको जोखिमबाट मुक्त गराएर शैक्षिक क्षेत्रमा क्रियाशिल गराउन परिवारको आर्थिक अवस्था कमजोर भएका २० जना बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियोे ।

Shreekrishna

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम न्यूनीकरणका लागि भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो । बालबालिकाहरुलाई श्रममा लगाउन नपाईने बताउँदै पढाईमा उपयुक्त वातावरण मिलाउन हरेक घरपरिवार सचेत रहनुपर्नेमा जोड दिनुभयो । बालश्रममुक्त वडा घोषणामात्र सिमित नराख्न चिमखोलाबासीलाई उपाध्यक्षले आग्रह गर्नुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वडा अध्यक्ष देउप्रसाद पुनले वडाभित्रका बालबालिकाहरुको पढाई लगायतको अधिकार कार्यान्वयन गराउन सहजीकरण गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्री सुवेदी, वडा सदस्य लक्षम पनु, वडा सचिब प्रदिप सुवेदी, अमर माविका प्रअ कप्रसाद थापा, सिद्ध आधारभूत विद्यालयका प्रअ सविन थापा, मण्डली युवा क्लवका अध्यक्ष किशोर पुन, हिमालय आमा समुहकी अध्यक्ष बुद्धिमाया पनु लगायतले बालश्रममुक्त वडा घोषणालाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउदै आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाको पढाईमा आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्नेमा जोड दिनुभयो ।

रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार बेग, पिप्ले, दग्नाम, झिँ पाखापानी र चिमखोलालाई बालश्रम वडा घोष्णा गरिसकेको छ । भने कुइँनेमंगले वडा शुक्रवार र भगवतीलाइ सोमवार घोषणा गर्ने तयारी रहेको छ ।

गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने योजनासहित बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई तिव्रता दिएको छ । बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

रघुगंगामा बालश्रमको जोखिममा रहेका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...