बेनीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

Gandaki Pardesh notice

बेनी । बेनीमा बुधबार स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा पुष ७ गते देखि शुरु भएको तालिमको डा.मुक्ती रिजाल, महेन्द्र लम्साल, बन्धुराज पौडेल र कबिता अधिकारीले सहिजकरण गर्नुभएको थियो । तालिममा नगरपालिकाका हरेक वडा अध्यक्ष सहित तीन जना र पालिकाको न्यायिक समितिबाट चार जना कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनी व्यवस्था, मेलमिलाप पक्रियाका आधारमभूत चरणहरु, बिवाद समाधानमा ध्यान दिनुपर्ने कानुनि तथा न्यायीक पक्षहरु, मेलमिलाप प्रक्रियाका प्रशंसनीय दृष्टिकोण, विवादमा प्रभाव पार्ने सम्भाव्य समाजिक मुल्य र मान्यता प्रश्नहरु लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

समापन कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले तालिमले न्यायीक समितिलाई सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सामान्य विवादहरु टोल स्तरमै छलफलको माध्यमबाट सुल्झाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने बताउनुभयो । नगरपालिकाको न्यायीक समितिले हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने भएपनि विविध कारण ढिलाई भएको मेयर श्रेष्ठले बताउनुभयो ।

बेनी नगरउपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकामा मेलमिलाप सम्बन्धी कार्यविधी बनेको जानकारी दिनुभयो । न्यायिक समितिका कल्पना आचार्यले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा उपप्रमुख बरुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण बानियाँ, प्रशिक्षक लम्साल, प्रशिक्षार्थीहरु बिष्णु गौतम सापकोटा र तेजबहादुर घर्ति मगरले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...