घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् ।

१८६ वटा राँगोभैसी, १६२ गाईगोरी, ४१५ बाख्रा, ७५० कुखुरा, ११ वटा कुकुर र २ वटा घोडालाई औषधी उपचार सेवा दिइएको केन्द्रले जनाएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

केन्द्रका योजना प्रमुख तथा पशु सेवा प्राबिधिक सुभाष रेग्मी, नायव पशु सेवा प्राबिधिक गणेश रिजाल, अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख प्रकाश जिसीको टोलीले पशुको उपचार, परामर्श र निशूल्क उपचार सेवा दिनुभएको थियो ।

कृषकहरुले ल्याएको गोबर परिक्षण र बताएको लक्षणको आधारमा औषधी तथा परामर्श सेवा दिइएको थियो । ग्रामिण क्षेत्रका कृषकलाई घरदैलोमै प्राबिधिक सेवा उपलब्ध गराउने र पशुमा हुने बाँझोपन निवारणका लागि जनचेतना जगाउने उद्देश्यले शिबिर आयोजना गरिएको हो ।

शिबिरको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले उद्घाटन गर्नुभएको थियो । कार्यवाहक वडा अध्यक्ष रामबहादुर खड्का, वडा सदस्य कोपिला बरुवाल, पबित्रा खड्काथोकी पनि उपस्थित हुनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...