मुस्ताङमा हिमपात

Gandaki Ghumau

जोमसोम । मुस्ताङमा मंगलबार अपराहन्न देखि हिमपात शुरु भएको छ । हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ ।

मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अधिकांश भू–भागमा हिउँ पर्न थालेको छ । जोमसोम स्थित पुर्बाधार बिकास कार्यालयका प्राबिधिक रबिन चोखालले अपराहन्न देखि हिउँ पर्न थालेको जानकारी दिनुभयो ।

“बादलले आकाश छोपेको छ । जोमसोम आसपासका डाँडाहरुमा पनि हिउँ परेर सेताम्मे भएको छ,” उहाँले भन्नुभयो “चिसो बढेर बिकास आयोजनाका काम पनि प्रभाबित भएका छन् ।” बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्ड, पुर्बाधार बिकास, खानेपानी सिचाई तथा भवन निर्माण सम्बन्धी आयोजनाले चिसोले प्रभाबित भएका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । सडकमा सवारी साधन आवत जावत गर्न समस्या भएको छ । स्याउ, जौ, उवा, फापर बालीलाई भने हिउँले फाइदा गरेको छ । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई गोठमै बाधेर राख्न थालेका छन् । उपल्लो मुस्ताङका बासिन्दाहरु चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौ, चितवन, रुपन्देही, बागलुङ, पर्वत लगायतका जिल्लामा घुम्ती ब्यापारका लागि झरेका छन् ।

चिसो बढेपछि म्याग्दीका कृषकरुले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेशी झारेका छन् । बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैसी, चौरी, भेडा, बाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।

चिसो बढेपनि म्याग्दीमा पानी परेको छैन् । आकाशमा बदली भएकाले चिसो बढेको हो । गहुँ, जौ, तोरी, आलु लगायत हिउँदे बालीको सिचाइका लागि बर्षात आवश्यक परेको कृषकहरुले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...