भुरुङ्ग–तातोपानी र दानामा रेबिज नियन्त्रण कार्यक्रम

Gandaki Ghumau

भुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी र वडा नम्बर ३ दानामा सोमबार रेबिज रोग नियन्त्रण कार्यक्रम भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दुई वटा वडामा घरपालुवा र छाडा कुकुरहरुलाई रेबिज र डिसटिम्पर बिरुद्धको डिपिल खोप लगाएको हो ।

भुरुङ्ग–तातोपानीका २४ वटा र दानामा ३३ वटा कुकुरलाई रेबिज र डिसटिम्पर बिरुद्धको खोपका साथै जुकाको औषधी र भिटामिन खुवाइएको नायब पशु सेवा प्राबिधिक गणेश रिजालले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

केन्द्रका प्रमुख जिबनप्रसाद आचार्य, पशु सेवा प्राबिधिक सुभाष रेग्मी, नायब पशु सेवा प्राबिधिक रिजाल, अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख प्रकाश जिसी, केन्द्रका कार्यालय सहयोगी गोबिन्द रेग्मीको टोलीले सेवा दिएको थियो ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ओमप्रकाश फगामी, वडा नम्बर ३ का अध्यक्ष नरसिंहबहादुर पुर्जा, वडा नम्बर २ का सदस्य बिरबहादुर पौडेल लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...