थामडाडामा ल्होसारको रमझम

Gandaki Ghumau

थामडाडा । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ समुदायको सबैभन्दा धेरै बसोबास भएको गाउँ हो ।

गुरुङ समुदायले नयाँ बर्षको रुपमा धुमधामका साथ मनाउने ल्योहार पर्वलाई स्वागत गर्न थामडाडामा शुक्रबारदेखि खेलकुद तथा सांस्कृतिक मेला शुरु भएको छ । ल्होसार मेला आयोजक समितिका अध्यक्ष गोपाल गुरुङले परम्परालाई निरन्तरता दिदै मेला सञ्चालन गरेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

ल्होसार मनाउन रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि स्वदेश र बिदेशमा गएकाहरु घर फर्किएका छन् । थामडाडाबासीलाई ल्याहोसार पर्वले एकताको सुत्रमा बाँधेको छ । मेलाको समाजशास्त्री प्राध्यापक डा. ओम गुरुङले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सेरबहादुर केसी, वडा अध्यक्ष गोबिन्दप्रसाद पौडेल, नेपाली काँग्रेसका वडा सभापति सुमन बानिया, माओवादी केन्द्रका वडा अध्यक्ष सन्दिप केसी (क्रेन), तमु समाजका बिष्णु गुरुङ लगायत उपस्थित हुनुभएको थियो ।

सो अवसरमा साबिक वडा स्तरको पुरुष, महिला र प्रौद्ध भलिबल, लठो तान्ने, अन्धनिशान, छेलो र खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी कलाकारहरुको गित र नृत्य प्रस्तुति मेलाको थप आकर्षणको रुपमा रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...