बेनीको सडकमा पुष १ गतेदेखि एकतर्फी यातायात सञ्चालन हुने

Gandaki Pardesh notice

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार भित्रको सडकमा बिहिबारदेखि एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागु भएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा गत मङसिर १४ गते भएको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजार भित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई ब्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्युनीकरण गर्न एकतर्फी यातायात सञ्चालन शुरु गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार बेनी बजार भित्र सञ्चालन हुने सवारी साधनहरुले अबदेखि क्याम्पसचोक देखि गणेशटोल, संगमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडीको चोक, हुलाकचोक, न्युरोड हुदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ ।

Bhautik ministry notice about road

“नगरपालिका, प्रशासन, प्रहरी र उद्योग बाणिज्य संघको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो,” ट्राफिक प्रहरी म्याग्दीका प्रमुख नेपालीले भन्नुभयो “साँघुरो सडकमा दोहोरो सवारी आवत जावत गर्दा जाम र दुर्घटना हुने समस्या न्युनीकरणका लागि एकतर्फि यातायात सञ्चालन गर्ने ब्यवस्था मिलाइएको हो ।”

बेनी बजारको यातायात ब्यवस्थापनका लागि अतिक्रण गरेर निर्माण भएको संरचना हटाइएको छ । नगरपालिकाको अनुरोध अनुसार ब्यवसायी र घरधनीहरुले सडकको क्षेत्रधिकारमा बनाइएको संरचना स्वतफुर्त रुपमा हटाएका छन् ।

होटल, फेन्सी, खाद्यान्न, फलफूल ब्यवसायीलाई घर भन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जिबी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल सहितको टोलीले गत हप्ता घरदैलो गर्नुभएको थियो ।

न्युरोडमा सडकमा गाडिएका टेलिकमका पोल हटाइएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । बेनीको यातायात ब्यवस्थापनका लागि यसअघि आलोपालो गरेर एकतर्फी पार्किङ गराउने, ढुवानीका साधनलाई कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको सडक प्रयोग गराउने, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन र कालीपुल बसपार्कलाई ब्यवस्थित गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...