एमसिसी खारेज गर्न मगर मुक्ति मोर्चाको माग

Gandaki Ghumau

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा निकट मगर मुक्ति मोर्चा म्याग्दीले अमेरिकन मिलेनियन परियोजना (एमसिसी) खारेज गर्नुपर्ने लगायतका माग राख्दै बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

Gunasthariya Shiksya

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तलाई मोर्चाका उत्तर मगराँत क्षेत्र संयोजन समितिका इञ्चार्ज धनबहादुर पुनको टोलीले नेपालको स्वाधिनता र राष्ट्रियतामा आँच आउने एमसिसी परियोजना खारेज गर्न माग गरिएको ज्ञापनपत्र पठाएको हो ।

मोर्चाले कोरोनाले जनजिबन थला परेको, शिक्षा र स्वास्थ्य सेवा आम नागरिकको पहुँचभन्दा बाहिर रहेको, सार्वजनिक सेवा प्रवाहमा बिभेद, राज्यस्रोतको दोहन, खेतीयोग्य जमिन बाँझिने उर्जावान जिवन बिदेशमा श्रम गरेर बिताउनुपर्ने, भ्रष्ट्राचार मौलाएको, महँगी बढेको जस्ता बिषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...