मराङमा स्वास्थ्य शिबिर

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाले मराङ स्वास्थ्य चौकीमा आयोजना गरेको शिबिरमा १०३ जना महिलाहरुले सेवा लिएका छन् । पाठेघर खस्ने समस्याको पहिचानका लागि शिबिर आयोजना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताउनुभयो ।

“भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका महिलाहरुको स्वास्थ्य समस्या पहिचान गर्न शिबिर आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “परिक्षण गरेका मध्य कसैमा पनि पाठेघरको समस्या देखिएन् ।”

Shreekrishna
Gunasthariya Shiksya

स्त्रीरोग बिशेषज्ञ साजना श्रेष्ठ, गाउँपालिकाका चिकित्सक एकराज भण्डारी, पवनकुमार श्रेष्ठ, स्वास्थ्य संयोजक कार्की, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजा, दरबाङ स्वास्थ्य चौकीका स्टाफ नर्स एलिना पुर्जा लगायतको टोलीले सेवा दिनुभएको थियो ।

गर्भवतिहरुले भिडियो एक्सरे सेवा लिएका थिए । साथै स्वास्थ्यकर्मी थमन गौतमले दाँत उपचार सम्बन्धी सेवा दिनुभएको थियो । वडा अध्यक्ष राजाराम सुबेदीको अध्यक्षतामा शिविर सञ्चालन भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...