१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

Gandaki Ghumau

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ ।

म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार गोलले पराजित गर्दै वेष्ट प्वाइन्ट लगातार चौथो पटक बिजयी भएको हो ।

Shreekrishna

वेष्ट प्वाइन्ट र वुद्ध एकेडेमी १८ औ जेसिजकपका बिजेता र उपबिजेता हुन् । वेष्ट प्वाइन्टले केबी एकेडेमी दरबाङलाई शून्यका बिरुद्ध तीन र वुद्धले किसानी माबी धारापानीलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

बिजेताले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ प्राप्त गरेको छ । उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पाएका छन् ।

Gunasthariya Shiksya

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयले पुरस्कार बितरण गर्नुभएको थियो । अनुशाषित टिमको उपाधी पाएको दरबाङको केबी एकेडेमीले रु. सात हजार ७७७ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वेष्ट प्वाइन्टका अमृत तामाङ उत्कृष्ट खेलाडी र लकुस पुन सर्वाधिक गोलकर्ता बनेका छन् । तामाङ र पुनले प्रतियोगिता अबधीभर समान ५÷५ गोल गरेका प्रतियोगिता संयोजक कुमार बानियाले जानकारी दिनुभयो ।

म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उत्कष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उत्कृष्ट डिफेन्डर, बुद्ध एकेडेमीका निराजन पुन उत्कृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उत्कृष्ट मिडफिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर र न्यु वेष्ट प्वाईन्टका दिपेन राईले उत्कृष्ट कोचको उपाधी पाउनुभयो ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद रु दुई हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । मंसिर २१ गतेदेखि सुरु भएकोे जेसिज कप प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।
जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । होटल याक र नमस्ते टे«ड टाइटल स्पोन्सर बनेको प्रतियोगितामा नरेश मोवाइल सेन्टर र मिनबहादुर बिश्वकर्मा स्मृति कोषले प्रायोजन गरेका छन् । हरेक बर्ष आयोजना हुदै आएको प्रतियोगिता गत बर्ष कोरोनाका कारण हुन सकेको थिएन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...