पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”, सोसाइटीको अध्यक्षमा खत्री

Gandaki Pardesh notice

टोड्के (म्याग्दी) । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष, बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

रु. दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानिया सम्मानित भइसक्नुभएको छ । प्रत्येक बर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ ।

साधारणसभामा वडा अध्यक्ष शेरपुञ्जा र टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रालीका सञ्चालक भिम शेरचनले म्याग्दीका पर्यटकीय स्थलको प्रर्वद्धन, बिकास, शुसासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

यसैगरी संस्थामा आवद्ध पत्रकारहरुको स्वास्थ्य बिमा गरेको छ । समस्यामा परेका पत्रकारहरुलाई आपतकालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ । अधिबेशनले बेनीबाट प्रकाशित हुने सम्बृद्ध साप्ताहिक र म्याग्दी अनलाइनका प्रकाशक कमल खत्रीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।

समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिबमा अमित विश्वकर्मा, कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सहसचिबमा राकेश शर्का चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सन्तोष गौतम, धिरन खत्री, साधन राम्जाली मगर, सुदर्शनकुमार श्रेष्ठ र निर्मल खत्री रहनुभएको छ ।

अधिबेशनको अवसरमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चार माध्यमको सवलीकरण र पर्यटन प्रर्वद्धन सम्बन्धी छ बुँदे टोड्के घोषणापत्र जारी गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...