नवजात शिशूको उपचारमा आर्थिक अभाव

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा आर्थिक अभाव भएको छ ।

यही मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।

Bhautik ministry notice about road

नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मीएको बच्चाको तौल एक किलो आठ सय ग्राम थियो । टकमायाले ताकम स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् ।

Shreekrishna hardwear in news

जन्मनै बित्तिकै स्वास्थ्य समस्या देखिएपछि पोखराका अस्पतालमा लगेका थिए । पोखरामा उपचार हुन नसक्ने डाक्टरले बताएपछि शिक्षण अस्पताल लगिएको हो ।

बच्चाका बुवा प्रशान्त परियारले छोरीको उपचारमा आर्थिक अभावले समस्या भएको बताउनुभयो । टकमाया र प्रशान्त दम्पत्तीले दोस्रो सन्तान जन्माएका थिए । बच्चालाई आइसियुमा राखेर परिवारका सदस्यहरु थप उपचारका लागि खर्च जुटाउन सहयोगीको खोजिमा भौतारिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...