नाली बिनै कालोपत्रे हुन लागेको बाग्लुङ–बेनी सडकको दिगोपनामा प्रश्न

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । छिमेकी जिल्ला बागलुङ देखि म्याग्दीलाई जोड्ने बाग्लुङ–बेनी सडकमा नाली बिनै कालोपत्रे गर्न थालिएको छ ।

नाली नभएको सडकमा गरिएको कालोपत्रे टिकाउ नहुने र राज्यको लगानी खेर जाने देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत नालीनै भएको सडकमा कालोपत्रे गर्न थालेको बेनी नगरपालिका–१ रत्नेचौरका सुजन थापाले बताउनुभयो ।

“नाली नहुँदा सडकमा पानी जम्ने र कालोपत्रे उप्किएर राज्यको लगानी खेर जानुका साथै टिकाउ हुदैन,” उहाँले भन्नुभयो “कालोपत्रेको बाहनामा बजेट मात्र खर्चनुभन्दा पहिले नाली लगायतका पुर्बाधार बनाएर कालोपत्रे गर्न स्थानीयले माग गरेका छौ ।”

Shreekrishna

कालोपत्रे गर्नुअघी सडकमा नाली निर्माण गर्नुपर्ने मापदण्ड बागलुङ–बेनी सडक आयोजनामा कार्यान्वयन नभएको स्थानीयबासीले बताएका छन् । बागलुङ नगरपालिका–१ रामरेखा घुम्तीदेखि बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नति गर्न सडक डिभिजनले बि.स. २०७६ माघ १३ गते रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

२०७७ साल माघ १३ गते म्याद सकिएको आयोजनाका ठेकेदाले पछिल्लो पटक निर्माण कार्यलाई तिब्रता दिएका छन् । साँघुरो र खाल्टाखुल्टी धेरै भएको सडक बिस्तार गरेर नयाँ कालोपत्रे गर्न आयोजना सञ्चालन भएको हो । यसअघि पनि सडकमा नाली नहुँदा गरिएको पिच उप्किएर खाल्टाखुल्टी परेको थियो ।

सडक डिभिजन कार्यालय बागलुङका सुचना अधिकारी मुकुन्द लामिछानेले ठेक्का सम्झौतामा उल्लेखित परिणामको नाली निर्माण भइसकेकाले केही ठाउँमा नाली नभएको सडक पनि कालोपत्रे गर्न लागिएको बताउनुभयो ।

“नालीको क्वान्टिटी (परिणाम) सकिएपछि कालोपत्रे मात्र गरिएको हो,” उहाँले भन्नुभयो “बाँकी ठाउँमा नाली बनाउन यसै बर्ष पुनः अर्को ठेक्का आव्हान गर्ने तयारीमा छौ ।” बागलुङ–बेनी सडकको म्याग्दी खण्डको रत्नेचौर देखि बेनी सम्मको सडक प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालयले दुई वटा प्याकेजमा कालोपत्रे गर्न आयोजना सञ्चालन गरेको छ ।

बागलुङ खण्डको अधिकांश ठाउँमा सडक तल र नाली माथि हुँदा सडकबाटै भल बग्ने गरेको थियो । बागलुङ–बेनी म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक सडक हो । मालढुङ्गा–बेनी सडकको बिकल्पमा म्याग्दी र मुस्ताङका बासिन्दाले बागलुङ–बेनी सडक प्रयोग गर्छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...