म्याग्दी काँग्रेसका नेता बानियाको केन्द्रिय सदस्य र महतको प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीको पुर्ब सभापति बानिया र पुर्ब सहसभापति महतले बेनी स्थित पार्टी कार्यालयमा बुधबार संयुक्त रुपमा नेपाली काँग्रेसको चौधौ महाधिबेशन अन्तरगत केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा गर्नुभएको हो ।

जिल्लाको समग्र बिकासका लागि म्याग्दीको प्रदेश र केन्द्रिय तहमा राजनीतिक पहुँच बढाएर पार्टी र संगठनलाई बलियो बनाउन उमेद्वार बनेको नेताद्धयले बताउनुभयो । नेबिसंघको संस्थापक जिल्ला सभापति, नेपाली काँग्रेस म्याग्दीको संस्थापक रहेका बानिया तत्कालीन अर्थुङ्गे गाबिसको अध्यक्ष, जिल्ला सचिब, उपसभापति र सभापति बन्नुभएको थियो ।

Shreekrishna

बानियालाई दोस्रो संबिधानसभामा नेपाली काँग्रेसले सदस्य मनोनित गरेको थियो । “म्याग्दीबाट काँग्रेसको केन्द्रिय समितिमा अहिलेसम्म प्रतिनिधित्व भएको छैन,” उहाँले भन्नुभयो “जिल्लाको केन्द्रसँग राजनीतिक पहुँच बढाएर समग्र बिकासमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाउदछु ।”

Gunasthariya Shiksya

महतले पहुँचको हिसाबले पछाडी परेको म्याग्दीलाई बिकासलाई अगाडी बढाउन र पार्टीलाई बलियो बनाउन प्रदेश उपसभापतिमा उमेद्वार बनेको बताउनुभयो । काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिने महत नेपाल तरुण दल म्याग्दीका संस्थागत अध्यक्ष हुनुहुन्छ ।

बानिया बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ । केन्द्रका सबै नेताहरुसँग समन्वय गरेर बानिया र महतलाई म्याग्दीको साझा उमेद्वारका रुपमा प्रस्तुत गरेको नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बताउनुभयो ।

“वडा, पालिका, प्रदेश क्षेत्र र जिल्ला अधिबेशनबाट एकताको सन्देश दिएका छौ,” उहाँले भन्नुभयो “पार्टी सभापति र बरिष्ठ नेताहरुसँग भेटेर म्याग्दीबाट साझा उमेद्वार बनाउने निर्णय गरेका हौ ।”

दुई वटा वडा, दुई वटा पालिका, जिल्ला कार्यसमितिको सदस्य र महाधिबेशन प्रतिनिधीमा मतदान भएको थियो । नेपाली काँग्रेसको प्रदेश अधिबेशन मंङसिर १६ देखि १८ गते, चौधौ केन्द्रिय महाधिबेशन मंसिर २४ देखि २७ गतेसम्म हुदैछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...