अन्नपूर्णको आवधिक योजनाको मस्यौदा तयार

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्चबर्षीय आवधिक बिकास योजनाको मस्यौदा तयार भएको छ ।

परामर्शदाता सिभिल लिंक इञ्जिनियरीङ एण्ड जेभीले तयार पारेको मस्यौदा मंगलबार पोखरेबगरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । प्रस्तुत मस्यौदालाई पूर्णता दिन गाउँपाकिलाका पदाधीकारी, शाखाका संयोजक र कर्मचारी तथा सरोकारवालाहरुको सुझाव संकलन गरिएको छ ।

परामर्शदाता कम्पनीका सामाजिक बिकास बिज्ञ सुर्यप्रसाद न्यौपाने र योजना बिज्ञ हरगोबिन्द पाण्डेले आवधिक योजनाको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । बस्ती र वडामा स्थलगत अध्ययन, छलफल गरेर गाउँपालिकाको वर्तमान अवस्था, आवश्यकता, प्राथमिकता र स्रोत तथा हासिल हुने अपेक्षित उपलब्धीलाई आवधिक योजनाको मस्यौदामा समावेश गरिएको छ ।

Shreekrishna hardwear in news

मस्यौदा माथि कार्यपालिकाको बिषयगत समिति र शाखाहरुले समुहगत छलफल गरि प्राबिधिक तथा भाषागत त्रृटि, गल्ती कमिकमजोरीहरु सच्याउदै र केही थप बिषयहरु समेट्दै अन्तिम प्रतिवेदन तयार पार्न सुझाव दिएका छन ।

Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आवधिक योजना मार्गदर्शकको रुपमा रहने बताउनुभयो । आवधिक योजनाकै आधारमा योजना छनौट, बजेट बिनियोजन र कार्यान्वयन गर्दा प्रभावकारी हुने उहाँको भनाई थियो ।

स्थानीय उत्पादन, रोजगारी र आयमा दिगो बृद्धि, शक्षित र स्वस्थ्य जनशक्ति तयार, सहज सडक सुविधा, सुरक्षित र ब्यबस्थित बसोबास, जल जमिन र हरियालीको दिगो बृद्धि, सेवा प्रवाह, कार्य सम्पादन र जवाफदेहिताको स्तर बढाई समृद्ध अन्नपूर्ण गाउँपालिका बनाउने योजनाको लक्ष्य रहेको अध्यक्ष पुनले बताउनुभयो ।

सुझावलाई समावेश गरि अन्तिम प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाको वैठकबाट स्वीकृत गरि आगामी आर्थिक बर्षबाट कार्यान्वयन प्रक्रियामा लैजाने प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले बताउनुभयो । आगामी आर्थिक बर्षदेखि बजेट बनाउदा यसको उद्देश्य, लक्ष्य र रणनीतिलाई ध्यानमा राखिने पनि उहाँले बताउनुभयो ।

काम गर्ने भनेरै योजना बनाएकाले आगामी पाँच बर्ष भित्र योजना अनुसारका कामलाई प्राथमिकताका साथ सम्पन्न गरिने अधिकृत शर्माको भनाई छ । विकासको लक्ष्य, उद्देश्य, रणनीति, नीति, आयोजना र कार्यक्रमको एकिकृत स्वरुप आवधिक योजना तयार पार्न गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा गत बर्ष नै परामर्शदाता संग सम्झौता गरेको थियो ।

तर गत बर्ष कोभिडका कारण समुहगत छलफल, अन्तरक्रिया, गोष्ठी, तथा स्थलगत अनुगमन गरि अध्ययन अनुसन्धान गर्न नसकिएकाले कार्यक्रम स्थगित भएको थियो । परामर्शकर्ताले गण्डकी प्रशिक्षण प्रतिष्ठान संग सम्झौताको म्याद थप गरि यस आवमा आवधिक बिकास योजनाको प्रतिवेदनलाई पूर्णता दिन लागेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...