नेभ्ला म्याग्दीको नयाँ कार्यसमिति चयन

Gandaki Pardesh notice

बेनी । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियन (नेभ्ला) म्याग्दीको दशौ जिल्ला अधिबेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

गणेश जि.सी.को अध्यक्षतामा गठन भएको कार्यसमितिको उपाध्यक्षमा निसा सुबेदी, सचिबमा सुजन बि.क., कोषाध्यक्षमा पबिता पुन र सहसचिबमा सन्दिप दर्जी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा खनिता सापकोटा, गणेश जि.सी., प्रेमकुमारी गुरुङ, असुन रिजाल, नारायण जैसी, धु्रब चोखाल र सिमा गौचन रहनुभएको छ । खगेन्द्र बि.क., आकाश जिसी, अर्जुन चोखाल र अनिशा पौडेल महाधिबेशन प्रतिनिधी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

नेभ्ला पशु सेवा र पशु स्वास्थ्य प्राबिधिकहरुको संस्था हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीका प्रमुख जिबन आचार्य र पशु सेवा प्राबिधिक सुभाष रेग्मीको उपस्थितिमा अधिबेशन सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...