मतदाता नामावली दर्ता अभियानलाई वडामा लैजान सुझाव (भिडियो खबर सहित )

Gandaki Ghumau

बेनी । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले यही मङसिर १७ गतेदेखि स्थानी तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने भएको छ ।

जिल्ला सदरमुकाम र निर्बाचन कार्यालय भएको बेनी नगरपालिका बाहेकका ५ वटा स्थानीय तहको केन्द्रमा १०÷१० दिनका दरले “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” सञ्चालन गरिने भएको हो ।

कार्यक्रमका बिषयमा जनप्रतिनिधी, सुरक्षा अधिकारी, राजनीतिकर्मी लगायत सरोकारवालाहरुसँग कार्यालयले आइतबार बेनीमा अन्तरक्रिया गरेको छ । जिल्ला निर्बाचन अधिकार भिमप्रसाद घिमिरेले छुटेका र नाम दर्ता गर्न योग्यता पुगेकाहरुलाई लक्षित गरेर कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो ।

Shreekrishna

“कोभिड–१९ को जोखिम र बजेट अभावका कारण बि.स. २०७६ चैत देखि गत भदौसम्म जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता नहुँदा सो अबधिमा नागरिकता लिएकाहरु छुटेका छन्,” उहाँले भन्नुभयो “आगामी निर्बाचनमा उनिहरुको मतदान गर्ने अधिकारबाट बञ्चित नहोउन भनेर निर्बाचन आयोगले पालिकाको केन्द्र सम्म पुगेर दर्ता गर्ने अभियान चलाउन लागेको हो ।”

Gunasthariya Shiksya

मंसिर १७ देखि २७ गतेसम्म धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिका र मङसिर ३० गतेदेखि दशदिनसम्म मंगला र रघुगंगा गाउँपालिकामा अभियान सञ्चालन हुनेछ् । स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मतदाता नामावली दर्ता टोली परिचालन गरिने निर्बाचन अधिकारी घिमिरेले बताउनुभयो ।

एक जना प्रमुख नाम दर्ता अधिकारी, ५ जना दर्तास्थल ब्यवस्थापक, ३ जना दर्ता कर्मचारी, ५ जना सहायक कर्मचारी र ५ जना दर्तास्थल सहयोगी गरि १९ जनाको ३ वटा टोली बनाइएको छ । अन्तरक्रियामा जिल्ला अदालत म्याग्दीका न्यायाधिश तेजनारायण पौडेलले चुनावलाई स्वच्छ, निष्पक्ष, धाँदली रहित र बिश्वसनीय बनाउन नामावली संकलनलाई प्रभावकारी र उल्लेख्य जनसहभागिता गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, अन्नपूर्णका उपाध्यक्ष केशमाया मगर, धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा, अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत सुरणशर्मा पौडेल, धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष पुर्म पुन लगायतले वडा स्तरमा पुगेर दर्ता गराउन सकेमा प्रभावकारी हुने बताउनुभयो ।

निर्बाचन अधिकारी घिमिरेले आयोगमा दुर्गम क्षेत्रमा वडा स्तरबाट नाम दर्ता संकलन गर्न प्रस्ताव गरेपनि स्विकृत नभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले मतदाता नामावली संकलन कार्यमा जनसहभागिता र प्रभावकारी बनाउन जनप्रतिनिधी र राजनीतिकर्मीहरुको बिशेष चासो तथा सक्रीयता आवश्यक पर्ने बताउनुभयो ।

म्याग्दीमा हाल ८० हजार १५४ जना मतदाताको नामावली दर्ता भएको छ । बेनी स्थित जिल्ला प्रशासन र निर्बाचन कार्यालयमा पनि मतदाता नामावली दर्ता हुने गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...