ठडियो मंगला शिक्षा क्याम्पसको भवन

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो ।

रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण भइसकेको क्याम्पसमा थप रु. पचास लाखमा चार कोठे भवन निर्माण शुरु भएको छ ।

क्याम्पस प्रमुख पितमबहादुर खत्रीले तीन तले भवन निर्माण सकिएको र अर्को दुई तले भवन निर्माण शुरु भएको जानकारी दिनुभयो । “दुई सय जना क्षमताको सभाहल र १० कोठे भवन निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “बिश्वबिद्यालय अनुदान आयोगको सहयोगमा थप चार कोठे भवन निर्माण शुरु गरेका छौ ।”

Shreekrishna hardwear in news

आर्थिक बर्ष २०७६÷७७ मा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा बिनियोजन भएको स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमको रु. सत्तरी लाख र गाउँपालिकाको रु. ३० लाख बजेट मध्य रु. ६४ लाख ठेक्का लिएको साजन निर्माण सेवाले चार कोठे भवन निर्माण गरेको थियो ।

सोही भवनमा आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशसभा सदस्य नरदेबी पुनको सिफारिसमा निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रमको रु. २५ लाख र गाउँपालिकाको रु. २५ लाख बजेटले दुई वटा तलामा ६ वटा कोठा र सभाहल निर्माण भएको छ ।

Bhautik ministry notice about road

चालु आर्थिक वर्ष २०७८÷७९ मा बिश्व बिद्यालय अनुदान आयोगले उपलब्ध गराएको रु. पचास लाख बजेटले नयाँ चार कोठे भवन निर्माण शुरु भएको छ । पिल्लर ठडाइसकिएको भवन डिपिसी ढलान गर्ने तयारी गरिएको छ ।

आयोगले निर्माण भइरहेको भवनको माथिल्लो तलामा थप चार कोठे भवन बनाउन थप रु. पचास लाख उपलब्ध गराउने जनाएको छ । भवन निर्माणका लागि जग्गा खरिद गर्न करिब रु. ८७ लाख चन्दा सङ्कलन गरिएको थियो । रु. ५६ लाखमा लाम्पाटामा ३३ रोपनी आठ आना जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

बि.स. २०६६ सालमा स्थापना भएको क्याम्पस बाबियाचौर स्थित मंगला माविको भवनबाट सञ्चालन हुदै आएको छ । क्याम्पस खुलेको दश वर्षपछि आफ्नै भबन बनाएको हो । निर्माणाधिन चार कोठे भवन पुरा भएपछि नयाँ भवनबाट क्याम्पस सञ्चालन गर्ने तयारी गरेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । नयाँ भवनको दुई वटा कोठामा छात्राबास सञ्चालन भएको छ ।

शिक्षा शास्त्र संकायमा स्नातक तहको पठनपाठन हुने क्याम्पसमा हाल १२४ जना विद्यार्थी छन् । प्रथम, दोस्रो, तेस्रो र चौथौ बर्षमा क्रमश ः ५०, ५३, ९ र १४ जना बिद्यार्थी छन् । अर्थशास्त्र, गणित, अंग्रेजी र नेपाली विषयको पठनपाठन हुने क्याम्पसमा ८० प्रतिशत बढी विद्यार्थी छात्रा छन् ।

समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा तीन जना पुर्णकालिन, नौ जना आंशिक प्राध्यापक र तीन जना कर्मचारी कार्यरत छन् । क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन आर्थिक संकलन अभियान शुरु भएको छ । रु. दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित शुरु भएको अभियानमा हालसम्म करिब रु. १२ लाख संकलन भएको क्याम्पस प्रमुख खत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...