गलेश्वर–भगवति सडकका ठेकेदार काममा फर्किए

Gandaki Pardesh notice

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् ।

रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास कार्यालयद्धारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो ।

कार्यालयका प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकुल मौसमका कारण रोकिएको पिप्ले–भगवती सडक आयोजनाका निर्माण ब्यवसायीले काम सूचारु गरेका जानकारी दिनुभयो । “एक्साभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्न थालेका छन,” उहाँले भन्नुभयो “मजदुरहरु मार्फत पर्खाल लगायत संरचना निर्माणको तयारी गरेका छन् ।”

Shreekrishna hardwear in news

गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम” अन्तरगत बि.स. २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु. १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो ।

बि.स. २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीति अनुसार २०७८ चैत मसान्तसम्म थपिएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

कच्चि र साँघुरो अवस्थाको आठ किलोमिटर दुरीको सडकलाई ग्रेड मिलाई ८ मिटर फराकिलो बनाएर ५.५ मिटर चौडाइमा कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इञ्जिनियर सञ्जय सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

पिप्लेको रघुगंगा माबी अगाडीदेखि भगवति सम्मको पाँच किलोमिटर खण्डको अधिकांश ठाउँमा सडक बिस्तार, पर्खाल र नाली निर्माण भइसकेको निर्माण कम्पनीका इञ्जिनियर रामु कडेलले बताउनुभयो ।

“संरचना निर्माण भएको ठाउँमा कालोपत्रे गर्न राखिने नदीजन्य कच्चा पदार्थको अभाव भएको छ,” उहाँले भन्नुभयो “बेस राख्ने सामान पायौ भने चैत महिनासम्म कालोपत्रे गरिसक्ने योजनामा छौ ।”

सडक निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको ब्यवस्थापनका लागि सहजिकरण गरिदिन गाउँपालिका, पुर्बाधार बिकास कार्यालय, जिल्ला समन्वय समिति र प्रशासनलाई ठेकेदारले आग्रह गरेको छ ।

गलेश्वर देखि बगैचा र बगैचा देखि रघुगंगा माविको भवन अगाडीसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । गलेश्वर देखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो ।

बगैचादेखि रघुगंगा मावि सम्मको सडक राहुघाट जलबिद्युत आयोजनाले कालोपत्रे गर्ने भएको छ । बगैचाका शिशिर शाहीले सडक नबनाएपनि भत्किएको र जोखिमयुक्त ठाउँको संरक्षण गरिदिन माग गर्नुभयो ।

यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवति र बेगखोलाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने रघुगंगा–२ भगवतिका वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।

बि.स. २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुदै आएको थियो । जिर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...