मंगला–३ मा माओबादीको वडा अधिबेशन

Gandaki Kotihome

बेनी । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका–३ को वडा अधिबेशन बिहिबार पर्यटकीय स्थल झाँक्रीपानीमा सम्पन्न भएको छ ।

अधिबेशनले श्यामबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा सोमबहादुर छन्त्याल, सचिबमा खिमनाथ आचार्य, कोषाध्यक्षमा टिकाकुमारी बिक र सहसचिबमा प्रकाश पुन चयन हुनुभएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबिच एकतामा जोड दिनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

“सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,” उहाँले भन्नुभयो “अहिले नेपाली जनताले बुझ्दै छ्न वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो त्यसै सबै परिवर्तनकारी माओवादीमा समावेश भएर अगाडि बढ्नुपर्छ ।”

माओवादीको पालिका कमिटी संयोजक याम रोकाले माओवादी आन्दोलनका कारण प्राप्त भएको संघीयता, समावेशी, समानुपातिक ब्यवस्थाले दुर्गम क्षेत्रमा बिकासका गतिबिधी बढेका र पछाडी परेका समुदायले अवसर पाएकाले माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

मोहनलाल सापकोटाको अध्यक्षता र श्यामबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य टेकप्रसाद सापकोटा, प्रेम गिरी, लालबहादुर विक, सहिद परिवार कृष्ण विक, पालिका सदस्य दिलाराम कडेल, वाइसीएलका अध्यक्ष दिप रोका, नुमाया किसानले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...