कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

Gandaki Ghumau

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण जिसी सञ्चालक रहेको जलजला अनलाइनको नाम किटान गरी आक्षेपयुक्त र आपत्तिजनक शब्दावली प्रयोग गरेर ‘नेपाल कम्युनिष्ट पार्टी, म्याग्दी’ का जिल्ला सेक्रेटरी ‘दिपा’ को नामबाट बिहिबार बिहान बिज्ञप्ति सार्वजनिक भएको थियो ।

Shreekrishna

“शान्तिपुर्ण खुल्ला राजनीतिमा आएको दलका जिम्मेवार नेताले सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका बिषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाटनै खण्डन गर्ने र कानुनी उपचार खोज्नुको बिकल्पमा जिल्लाका सबै पत्रकारहरुलाई आक्षेप लगाएर बिज्ञप्ति मार्फत अप्रत्यक्ष रुपमा घुमाउरो भाषाले धम्काउन खोज्नुले प्रेस र अभिब्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारमाथि प्रहार भएको महशुस गरेका छौ,’’ शाखा सचिब सन्तोष गौतमद्धारा बिहिबार जारी भएको बिज्ञप्तिमा भनिएको छ “स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टि र सुरक्षाको प्रत्याभुति दिलाउन सम्बद्ध पक्षसँग माग गर्दछौ ।”

Gunasthariya Shiksya

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र पत्रकारहरुमाथी लगाइएको आपेक्षको खण्डन गर्दै भ्रममा नपर्न अनुरोध गरेको छ । बेनी नगरपालिकाको नाममा वडा नम्बर ७ मा रहेको १४१९ कित्ता नम्बरको ४ आना जग्गामा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय ब्यवस्थापन गर्न २०७६ मंसिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार दश बर्षका लागि बार्षिक रु. दश हजार भाडा तिर्नेगरी मिति २०७६ पुष ३ गते नगरपालिकाको तर्फबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र पत्रकार महासंघ म्याग्दीको तर्फबाट पुर्ब अध्यक्ष तारानाथ शर्मा बिच हस्ताक्षर गरि सम्झौता भएको थियो ।

महासंघले गत असार २७ गते १४०६ नम्बरको रसिदबाट नगरपालिकालाई दुई बर्षको भाडा वापत रु. २०,००० उपलब्ध गराइसकेको शाखा कोषाध्यक्ष अमित बिश्वकर्माले बताउनु भयो । पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८÷७९ मा रु. दश लाख बजेट बिनियोजन गरेको छ ।

उक्त बजेटबाट नगरपालिकाले उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापन गर्नका लागि महासंघले गठन गरेको कार्यदलले सो जग्गामा रहेको भवनमा बसेकाहरुलाई २०७८ कात्तिक २५ गतेसम्म भवन खाली गरिदिन मौखिक जानकारी गराएको थियो । राजनीतिक संरक्षणमा नगरपालिकाको भवनमा बसेकाले अटेर गरेपछि पत्राचार गर्नुपर्ने बाध्यता सिर्जना भएको महासंघले जनाएको छ ।

“भाडामा दिने नगरपालिका र लिने पत्रकार महासंघ बीचको बिषयमा अरु पक्षहरुको सम्बन्ध नरहेको पनि स्पष्ट पार्न चाहन्छौ,” बिज्ञप्तिमा भनिएको छ “जिल्ला स्थित सबै राजनीतिक दल, बेनी नगरपालिका, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरुसँग छलफलको माध्यमबाट सहमति कायम गरेर पत्रकार महासंघको कार्यालय ब्यवस्थापन गर्ने सहज वातावरण बनाइदिनुहुन अनुरोध गर्दछौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...