म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल अधुरा

Gandaki Pardesh notice

बेनी, म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजना अधुरा छन् ।

तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र संघीय सरकारका ८ वटा छन् । पुर्बाधार बिकास कार्यालय म्याग्दी अन्तरगतका छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तिले थलिएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा प्याकेजका सडक र दुई वटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पुरा हुन सकेका छैनन् । एक बर्ष अघिनै निर्माण सकिनुपर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणद्धारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ ।

Shreekrishna hardwear in news

बि.स. २०७७ माघमै सकिनुपर्ने सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने एक हजार चार सय मिटर दुरीको सडक कालोपत्रे गर्ने योजना पनि अधुरो छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर सन्तोष अर्यालले निर्माण ब्यवसायीको समस्या, संघबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाई, कोरोना महामारी, पहिरो, बाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभाबित भएको बताउनुभयो ।

“कोरोना र खरिद ऐनको संसोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिदैछ,” उहाँले भन्नुभयो “अधुरा आयोजनालाई पुर्णता दिन ताकेता र समन्वय गरिरहेका छौ ।” पुर्बाधार बिकास कार्यालय अन्तरगत बेनी–दरबाङ सडकको दुई वटा प्याकेज, रत्नेचौर–बेनी सडकको दुई वटा प्याकेज, गलेश्वर–भगवति र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन् ।

गत असारमै सकिनुपर्ने भारबाङ स्थित म्याग्दीखोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन् । छ्यारछ्यारेको म्याग्दीखोलाको पुलको जग मात्र खनिएको छ । दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै शुरु भएको छैन् । दुई बर्षअघिनै बनेको स्वाँतखोलाको मोटरेबल पुल सम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन् ।

Bhautik ministry notice about road

दुई वर्ष अघिनै सकिनुपर्ने बि.स. २०७३ मा शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल–घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर–राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ ।

आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वर स्थित राहुघाट नदीमा निर्माणाधिन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताउनुभयो । ६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधिन ४० मिटर लम्बाईको मोटरेबल पुल बाढी र पहिरोले क्षतिबिक्षत भएपछि पुनःठेक्का आव्हानको तयारी भएको छ ।

पोखरेबगर र महभिर स्थित कालीगण्डकी नदीमा हालै पक्कि पुल निर्माण गरेको सडक बिभाग अन्तरगतको पुल महाशाखाले बेगखोलामा पनि पक्कि पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक र पुल निर्माणमा भएको ढिलासुस्तिले स्थानीयबासीलाई आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट बिनियोजन र समयमा भुक्तानी नहुनु, बिद्युतका पोल र तार तथा खानेपानीको पाइप ब्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधीहरुको संयुक्त बैठकमा निर्माण ब्यवसायीहरुले पुर्ब निर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरि निर्माणमा तिब्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिनुभयो ।

बैठकपछि निर्माण कार्यलाई गति दिन नदीजन्य निर्माण सामग्रीको ब्यवस्थापनका लागि जिसस, पालिका र निर्माण ब्यवसायीहरुबीच समन्वय गर्ने, खानेपानी र बिद्युतसँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गर्ने, राजनीतिक र प्रशासनिक नेतृत्वले अनुगमन र सहजिकरण गर्ने निर्णय भएका प्रजिअ रानाले बताउनुभयो ।

छलफलमा गण्डकी प्रदेशसभा सदस्य तथा पुर्बमन्त्री नरदेबी पुन, सांसद बिनोद केसी, संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले ढिलासुस्तिले नागरिकले सास्ती पाएको, आयोजनाको लागत बढेको र अलपत्र बनेका बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...