जग्गा र भवन खाली गर्न पत्रकार महासंघको पत्राचार

Gandaki Pardesh notice

बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मंगलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ ।

शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो । नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालनका लागि बेनीको १४१९ कित्ता नम्बरको चार आना जग्गा बार्षिक रु. दश हजार भाडा तिर्नेगरी उपलब्ध गराएको थियो ।

बि.स. २०७६ मा नगरपालिकाले भाडामा दिएको जग्गामा रहेको भवनमा बस्दै आएका ब्यक्तिले नछाडेपछि मंगलबार बसेको शाखाको बैठकले खाली गरिदिन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको थियो । महासंघले भाडा तिर्दै आएको भवन प्रयोग गर्ने वातावरण बनाउन अनुरोध गरिएको शाखा अध्यक्ष पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

खाद्य संस्थानबाट जग्गा किनेका ब्यक्तिले नगरपालिकालाई उपलब्ध गराएको जग्गामा महासंघको कार्यालय ब्यवस्थापनका लागि दुई बर्षअघि भाडामा दिएको थियो । नगरपालिकाले महासंघलाई भाडामा दिएको जग्गामा रहेको भवनमा राजनीतिक संरक्षणको आडमा मंगला गाउँपालिका १ कुहुँकी समिक्षा बिश्वकर्मा बस्दै आउनुभएको छ ।

महासंघले बुझाएको पत्र छलफलका लागि कार्यपालिकामा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । भाडा ततिरी नगरपालिकाको भवन कब्जा गरेका बिश्वकर्माले नछोड्दा र नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाको अबरोधका कारण गण्डकी प्रदेश सरकारले महासंघको भवन निर्माणका लागि चालु आर्थिक बर्षमा बिनियोजन गरेको रु. दश लाख बजेट कार्यान्वयनमा समस्या भएको छ ।

प्रशासन र सुरक्षा निकायकै आँखा अगाडी खुल्ला राजनीतिमा आएको दलले सरकारी र ब्यक्तिगत जग्गा तथा भवन कब्जा गर्दा समेत मौन बसेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...