लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ ।

लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको माओवादी केन्द्रको पालिका कमिटी सचिब रेशम पुनले जानकारी दिनुभयो ।

“काँग्रेसमा जानुभएकी होममाया बिक पनि माओवादी केन्द्रमै फर्कनुभएको छ,” उहाँले भन्नुभयो “कार्यकर्ताको उत्साहजनक सहभागितामा अधिबेशन सम्पन्न गरेका छौ ।” माओवादीको लुलाङ वडा कमिटीको उपाध्यक्षमा मानसिङ बिश्वकर्मा, सचिबमा खकप्रसाद बिक, सहसचिबमा अम्मरबहादुर बिक र कोषाध्यक्ष रितु बिक चयन हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

फुलकुमार बिक, कृष्णबहादुर बिक, शेरबहादुर बिक र टेकलाल बिक सल्लाहकार चयन हुनुभएको छ । वाइसीएलको उपाध्यक्षमा केर बिक, राजन बिक, सुरेश बिक, सचिबमा नोमबहादुर बिक, कोषाध्यक्षमा बलबहादुर बिक र सहसचिबमा लिलबहादुर बिक रहनुभएको छ ।
माओवादी केन्द्रका गाउँपालिका संयोजक यामन रोकाको प्रमुख आतिथ्यता र सचिब रेशम पुनको सञ्चालनमा सम्पन्न अधिबेशनमा जिल्ला सदस्य किरन थापा, रामबहादुर खत्री, वाइसीएलका पालिका इञ्चार्ज सबिन रोका, अध्यक्ष अमृत थापा लगायतको उपस्थिति थियो ।

नेताहरुले राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै आर्थिक, सामाजिक रुपान्तरणका लागि माओवादीमा एकताबद्ध हुन आग्रह गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...