दिदीबहिनी सहकारीमा पुनः लामिछाने

Gandaki Kotihome

बेनी । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पुन ः ज्योती लामिछानेको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।

यसअघिको सञ्चालक समितिको अध्यक्ष रहनुभएकी लामिछानेको नेतृत्वमा सर्बसम्मत चयन भएको समितिको उपाध्यक्षमा बिष्णु गौतम सापकोटा, सचिबमा सुगम श्रेष्ठ, सहसचिबमा अम्बिका श्रेष्ठ र कोषाध्यक्षमा जगतकुमारी खत्री रहनुभएको छ ।

Annapurna aarohan ko notice

कमला खत्री, अञ्जना हमाल केसी, रजन कर्माचार्य, जयन्ती रेग्मी सुबेदी, पुष्पा थापा, अनुषा श्रेष्ठ, अम्बिका ढुङ्गाना र रञ्जिता भट्टचन चयन हुनुभएको छ । शारदा शर्माको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल सदस्य रहेको लेखा समिति, अम्बिका श्रेष्ठको संयोजकत्वमा शिक्षा, अञ्जना हमालको संयोजकत्वमा शिक्षा र कमला खत्रीको संयोजकत्वमा कर्जा असुली उपसमिति गठन भएको छ ।

Upper Myagdi transmition line notice

जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा शनिबार सम्पन्न भएको अधिबेशनमा बेनी नगरपालिका–४ की सुस्मिता गुरुङलाई खाद्यान्न सामग्री, बेनपा–५ की हिंसापिडित महिलालाई ११ हजार १११, जलजला गाउँपालिका–७ धाइरीङका मृगौलापिडित बिश्व परियारलाई नगद पाँच हजार ५५५ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

सहकारीका प्रबन्धक समिक्षा ढुङ्गानाले हालसम्म ८३९ जना जना सदस्यहरुको चार करोड पाँच लाख ३२ हजार ८०० रुपैयाँ शेयर पुजी रहेको जानकारी दिनुभयो । गत आर्थिक बर्षमा ११ करोड २४ लाख ४२ हजार ७८४ रुपैयाँ लगानी र नौ करोड ९० लाख छ हजार ८७७ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस