लुलाङमा स्वास्थय सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर क्षमताको २ वटा अक्सिजन कन्सन्ट्रेटर, दुई वटा बेड, दुई थान मुटुको चाल नाप्ने र एक थान रक्तचाप नाप्ने उपकरण प्राप्त भएको स्वास्थ्य चौकीले जनाएको छ ।

यसैगरी लमसुङ माध्यमिक बिद्यालयलाई १६ थान पलास्टिकको कुर्चि पनि उपलब्ध गराइएको छ । लमसुङका भक्त सिङकिजा पुनले प्रवासमा, दिलिप गौचन, दिपक सिङकिजा पुन र बिर्खलाल कुमाईले नेपालमा समन्वय गरेर करिब रु. तीन लाख असी हजार जुटाउनु भएको थियो ।

Shreekrishna hardwear in news

सो रकमबाट स्वास्थ्य उपकरण, कुर्ची खरिद र ढुवानी गरि उपलब्ध गराइएको भक्त सिङकिजा पुनले बताउनुभयो । लुलाङका वडा अध्यक्ष गमप्रसाद बिक, स्वास्थ्य चौकीका इञ्चार्ज सबिन लामगादे र लमसुङ माबीका सहायक प्रअ बिमला सिङकिजा पुनलाई कात्तिक २३ गते सामग्री हस्तान्तरण र बिदेशमा रहेका ३६ जना सहयोगदाताका परिवारलाई जनालाई सम्मान गरिएको थियो ।

गत बैशाख–जेठमा फैलिएको कोरोना भाइरसको महामारीले लुलाङका दुई जनाको ज्यान जानुका साथै धेरै संक्रमित भएका थिए । त्यसबेला स्वास्थ्य चौकीमा कोरोना संक्रमितको उपचारका लागि पर्याप्त उपकरण नहुँदा समस्या भएको थियो ।

Exif_JPEG_420
Bhautik ministry notice about road

त्यसैलाई मध्यनजर गरेर उपकरण खरिद गर्न सहयोगका लागि अपिल गरिएको थियो । यसैगरी लमसुङ माबीमा फर्निचरको अभाव भएपछि कुर्ची उपलब्ध गराउन पनि अभियानलाई जोडिएको थियो । उपकरण प्राप्त भएपनि बिद्युतको अभावमा प्रयोगमा ल्याउन सकिएको छैन् ।

लुलाङमा बिद्युत आपुर्ति गर्ने दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको बिद्युत गृह र नहर गत भदौ २१ गतेको बाढीले बगाएको थियो । केन्द्रिय प्रशारण लाइन नपुगेको र लघुजलबिद्युत परियोजना बन्द भएकाले स्वास्थ्य उपकरण प्रयोगमा ल्याउन समस्या भएको हो ।

४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र खबाङको बिद्युतगृह बाढीले बगाएपछि लुलाङका ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ ।

सोलार नभएकाहरु उज्यालोका लागि टुकी बाल्न बाध्य छन् । बि.स. २०७६ कात्तिकमा रु. एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि बि.स. २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण लमसुङका भबहादुर पाइजा, ज्ञानबहादुर पाईजा, दलबहादुर राना, पलु पुन, मनप्रसाद सुनारको घर र स्वास्थ्य चौकीको भवन जोखिममा परेको छ ।

जुगेपानीको पहिरो रोकिएपनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयबासी चिन्तित भएका छन् । पहिरो नियन्त्रण र केन्द्रिय प्रशारण लाइनको बिद्युत बिस्तार गर्न लुलाङबासीले माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...