मुस्ताङको कोवाङमा हिमपहिरो

Shreekrishna hardware

सुन्दरकुमार थकाली

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो आउँदा भागदौड मच्चिदा ११ जना घाइते भएका छन्। 

Shreekrishna

थासाङ-२ को पश्चिम दिशामा पर्ने धौलागिरी क्षेत्रको पानापाथी हिमालबाट आइतबार बिहान अकस्मात ठूलो आवाजसहित भीषण हिम पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

हिम पहिरोका कारण भएको भागदौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका ३ शिक्षक/शिक्षिका र ८ जना विद्यार्थी घाइते भएका छन् । घाइते शिक्षक र विद्यार्थी जोमसोम अस्पतालमा उपचार भइरहेको छ।

हिम पहिरो गएपछि भएको भागदौडमा शिक्षक र विद्यार्थी खुट्टा, हात शरीरका विभिन्न अंगमा चोटपटक लाग्न पुगेको जोमसोम अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।

यस्तै,हिम पहिरोको असर थासाङ गापा-२ को कोवाङ,नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका कारण हिम पहिरो क्षेत्रका बासिन्दामा त्रास बढेको जानकारी दिए । 

प्रजिअ शर्माका अनुसार धौलागिरी क्षेत्रको पानापाथी हिमालबाट बिहान करिब ११:३० बजेतिर हिम पहिरो खसेको थियो । हिम पहिरोमा परी धौलागिरी क्षेत्रको मानापाथी हिमालको तल्लो भागमा दुईवटा चौरी गोठ हिम पहिरोले पुरिएको आशंका गरिएको प्रजिअ शर्माले जानकारी दिए।

Ban devision notice

भिडियो हेर्नुस्:

 ‘हामी सो क्षेत्रको अवलोकनमा पुग्यो,चोरी गोठ भएको स्थानमा पुग्न सम्भव छैन, ‘प्रजिअ पौडेल भने,‘बाइनाकुलर हेर्दा १०/१२ वटा मात्र याकचौरी देखिएको पाइयो, पुरिएको पनि हुनसक्छ।’

सो क्षेत्रको खर्कमै गोठ स्थान्तरण गरिएको स्थानीय सचेन्द्र गौचनको ६५ वटा,शुशिला गौचनको ४० वटा र भीम गौचनको ६५ वटा गरी कम्तिमा १ सय ७० वटा याकचौरी गोठ हिम पहिरोले पुरिएको हुनसक्ने कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीले जानकारी दिए।

उनले याक चौरीको अवस्थाबारे विस्तृत विवरण आइपुग्न केही दिन लाग्न सक्ने बताए । हिम पहिरोको धक्बा नाउरिकोट गाउँ ,बोक्सी खोला नजिक बेनी-जोमसोम राजमार्ग र जनआदर्श माध्यमिक विद्यालय समेत आइपुगेको अस्पतालमा भर्ना भएका शिक्षक विरेन्द्र लामिछाने बताए।

‘कक्षाको दोस्रो पिरियड पढाइ चल्दै गर्दा अकस्मात ठूलो आवाज आयो, मैले सोचे हावाको आवाज होला भन्ने लाग्यो,’उनले भने,‘ बाहिर निस्किदा त हिम पहिरो खसेको प्रत्यक्ष देखियो ,त्यसपछि विद्यार्थी र शिक्षकमा रुवाबासी र भागदौड चल्यो।’

उनले भागदौडमा एक दर्जन शिक्षक र विद्यार्थी हताहात भएको बताए । यस्तै, हिम पहिरोका कारण नाउरिकोट गाउँका स्थानीय त्रसित बनेका छन्। हिम पहिरोको मुस्लो गाउँसम्म आएकाले खेतमा काम गरिरहेका किसानसमेत भागभाग भएका थिए ।

घर बाहिर सुकाइएका उवा र फापरहरु समेत हिम पहिरोको असरले क्षति पुर्‍याएको थियो। सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना भएकाले स्थानीयलाई उच्चसर्तकता अपनाउ समेत अनुरोध गरिएको छ ।

हिम पहिरोग्रस्त क्षेत्रमा मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन ,प्रजिअ नेत्र शर्मासहित सुरक्षाकर्मी पुगेका थिए । हिउँदयामको मौसममा हिमालको हिउँ जमेर बस्नुपर्ने अवस्थामा बेमौसममा हिम पहिरो गएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए। जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा देखिन थालेको उल्लेख गर्दै उनले हिउँदयाम समेत हिमाली क्षेत्रको तापक्रम बढ्न थालेको बताए। अन्नपूर्ण पोष्टबाट साभार

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...