श्रीमद्भागवत गीता ज्ञान महायज्ञ शुरु

Gandaki Kotihome

बेनी, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ ।

म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन बिकास गर्न सकिने बताउनुभयो ।

“देशभित्रै पनि मानिसले एकबाट अर्को ठाउँमा गएर समय बिताउदाँ आर्थिक गतिबिधी हुन्छ । अबको तिर्थयात्रा पनि पर्यटन हो,” उहाँले भन्नुभयो “हामिले पनि पर्यटन बिकासका लागि धार्मिक स्थलको संरक्षण र प्रर्वद्धनका साथै पूर्बाधार निर्माणमा प्राथमिकता दिएको छौ ।”

Upper Myagdi transmition line notice

ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आश्रम ब्यवस्थित गर्नका लागि प्रदेश सरकारले सघाउने मन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले नसर्ने रोगबाट बच्नका लागि तनाव ब्यवस्थापन, सकारात्मक सोच, शुद्ध एव्म सन्तुलित भोजनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

कार्यक्रममा प्रदेश सांसद बिनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायतले तनाब ब्यवस्थापन र शान्ति कायम गर्न राजयोग प्रशिक्षण केन्द्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पाँच दिनसम्म बिहान ११ देखि दिउँसो १ बजेसम्म तनाव ब्यवस्थापक एवं गीता बिशेषज्ञ राजयोगिनी ब्रह्माकुमारी अमृत एम.एस्सीले प्रवचन गर्नुहुने भएको छ ।

आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन एवं आन्तरिक द्धन्द्धको निरुपण, सर्वोच्च शक्तिसँग सम्बन्ध एवं कर्मयोग, मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गति, जीवनमा दैवी गुणको धारणा, सृष्टि नाटकको रहस्य, मन–वुद्धी–संस्कारको दिव्यीकरण, राजयोग साधनाको अभ्यास, खुशी, सन्तुष्टि र आनन्दको अनुभूतिका बिषयमा प्रवचन गरिने ब्रह्माकुमारी रिनाले बताउनुभयो ।

मानवमा व्याप्त चिन्ता, तनाव, निराशा, दुःख, भय र असुरक्षाले सृजित समस्याहरुलाई सत्य ईशवरीय ज्ञान र योगको माध्यमबाट समाधान गरी जीवनमा खुशी, सुख, शान्ति, आनन्दका साथै ईश्वरीय शक्ति एवं वरदान प्राप्तिको अनुभूति गराउने उद्देश्यले व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । महायज्ञको अवसरमा ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आश्रम ब्यवस्थापनका लागि सहयोग गर्न अपिल समेत गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस