बेनीमा आजदेखी गीता ज्ञान महायज्ञ

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनीमा बिहिबारदेखि श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम हुने भएको छ ।

ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रमको सबै तयारी पुरा भएको छ । कात्तिक २५ देखि २९ गतेसम्म बिहान ११ देखि दिउँसो १ बजेसम्म तनाव ब्यवस्थापक एवं गीता बिशेषज्ञ राजयोगिनी ब्रह्माकुमारी अमृत एम.एस्सीले प्रवचन गर्नुहुने भएको छ ।

Gunasthariya Shiksya

आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन एवं आन्तरिक द्धन्द्धको निरुपण, सर्वोच्च शक्तिसँग सम्बन्ध एवं कर्मयोग, मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गति, जीवनमा दैवी गुणको धारणा, सृष्टि नाटकको रहस्य, मन–वुद्धी–संस्कारको दिव्यीकरण, राजयोग साधनाको अभ्यास, खुशी, सन्तुष्टि र आनन्दको अनुभूतिका बिषयमा प्रवचन गरिने ब्रह्माकुमारी रिनाले बताउनुभयो ।

Shreekrishna

मानवमा व्याप्त चिन्ता, तनाव, निराशा, दुःख, भय र असुरक्षाले सृजित समस्याहरुलाई सत्य ईशवरीय ज्ञान र योगको माध्यमबाट समाधान गरी जीवनमा खुशी, सुख, शान्ति, आनन्दका साथै ईश्वरीय शक्ति एवं वरदान प्राप्तिको अनुभूति गराउने उद्देश्यले व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...