तातोपानीमा सुबिधा सम्पन्न होटल सञ्चालन

Gandaki Kotihome

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा मंगलबारदेखि सुबिधा सम्पन्न होटल सञ्चालन भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा निर्माण गरेको होटल होटल हटस्पिरिङले सेवा दिन शुरु गरेको हो । बि.स. २०७५ मंसिरमा प्राकृतिक उपचार स्थल तातोपानीमा होटल निर्माण शुरु भएको थियो ।

“म्याग्दीमा आउने भिआइपी र स्तरीय सुबिधा चाहने पाहुनाहरुलाई लक्षित गरेर होटलमा हात हालेको हो,” श्रेष्ठले भन्नुभयो “पोखरा पछि धवलागिरी क्षेत्रमा पहिलो पटक तारे स्तरको होटल सञ्चालन गरेको छु ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

करिब रु. १५ करोड लागतमा साढे दुई रोपनी क्षेत्रफलमा होटलको भवन लगायतका पुर्बाधार निर्माण सकिएको छ । कोठा र भान्छाकोठा ब्यवस्थापन तथा आवश्यक सामग्री जुटाएर होटल सञ्चालन गरेको श्रेष्ठले बताउनुभयो ।

पूर्वाधार र सेवासुविधाका हिसाबले होटल जिल्लाकै पहिलो भएको सञ्चालकको दावी छ । होटल सञ्चालनमा आएपछि तोतोपानी कुण्डमा आउने पर्यटकलाई होटलको अभाव नहुने विश्वास गरिएको छ ।

“लगानी गर्ने अन्य प्रशस्त ठाउँहरु पनि थिए,” श्रेष्ठले भन्नुभयो “तातोपानीमा आउने भिआइपी तथा बिरामीहरुका लागि विगतमा सुविधा सम्पन्न होटलको अभाव महशुष भएकाले त्यसलाई पुर्ती गर्ने उद्देश्यले यसै क्षेत्रलाई रोजेको हुँ ।’’ होटल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटकीय चार तारे स्तरको बनाउन लागिएको यस होटलमा चार प्रकारका कोठाहरु छन् । स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट रुमहरु गरी ३६ वटा कोठाहरु छन् । प्रत्येक कोठाबाट यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्न मिल्ने गरि बनाइएको होटलका प्रवन्धक कृष्णराज सुवेदीले भन्नुभयो । भूमिगत पार्किङ सुबिधा भएको होटलमा दुई सय जना अट्ने सभाहल पनि छ ।
पाहुनालाई पोखरा र बेनीमा नपाउने खानाका परिकारहरु यहाँ पाउन सकिने प्रबन्धक सुवेदीले बताउनुभयो । स्थानीय खाना, खाजाका परिकारलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । होटलको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड सुविधा भएको होटल नेपालमै पहिलो भएको श्रेष्ठले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...