वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ ।

कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ ।

Bhautik ministry notice about road

माओवादी केन्द्रको प्रदेश निर्वाचन आयोगका प्रदेश सदस्य चन्द्रबहादुर घिमिरेले पालिकामा एक जना महिला सहित ५ सदस्यीय र वडामा एक जना महिला सहित तीन सदस्यीय निर्बाचन समिति गठन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा कृष्णबहादुर थापा, मंगलामा होमनाथ पाण्डे, मालिकामा चुडामणी सापकोटा, धवलागिरीमा नेत्रलाल सुबेदी, रघुगंगामा श्रीकृष्ण रिजाल र अन्नपूर्णमा ठगराज पुनलाई पालिका स्तरीय निर्बाचन समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

समितिका पदाधीकारीहरुलाई निर्वाचन कार्यसम्पादन नियमावली र आचार संहिताको बिषयमा अभिमुखीकरण गरिएको घिमिरेले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली लगायतका नेताहरुले टोल, वडा र पालिका अधिवेशनलाई भब्यताका साथ सम्पन्न गराउन सबै क्रियाशिल सदस्यहरुलाई परिचालन हुन आव्हान गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...