ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।

बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकप्टरबाट काठमाडौ स्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताउनुभयो । उहाँका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुनातर्फ ठोक्काएका थिए ।

तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरा मुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयबासीले घाइतेको उद्दार गरेका थिए । घाइतेका आफन्तहरुले हेलिकप्टर मगाएर काठमाडौ गएका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...