मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

Gandaki Kotihome

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।

सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी शर्माले दशैमा सात हजार र तिहारका लागि तीन हजार गोटा च्याङग्रा निकासी भएको जानकारी दिनुभयो ।

“स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्,” उहाँले भन्नुभयो “कृषकले गोठबाटै प्रतिगोटा रु. ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।

Upper Myagdi transmition line notice

अघिल्ला बर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकाँश भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएका हुन् । व्यापारीहरुले घटाएर बिबरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसंग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

Annapurna aarohan ko notice

कार्यालयका अनुसार, यस बर्ष मुस्ताङबाट ठुलो संख्यामा च्याङग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो बर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बिचका व्यापारीहरुले मुल्य बढाएका छन् ।

गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदिप बस्नेतले अघिल्लो बर्षको तुलनामा प्रतिगोटा रु. पाँच देखि १० हजारसम्म मुल्य बढी तिर्नुपरेको बताउनुभयो ।

‘‘अघिल्लो बर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो बर्ष ३५ हजार सम्म परेको छ,” उहाँले भन्नुभयो “खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।” मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारिहरुले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले बिषेश गरी लेकालि जडिबुटिहरु खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चार देखि पाँच बर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...