बेनीमा चन्दाबाट सामुदायिक सभाहल बनाउदै भाषा मंका खल

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहलको भवन ठडिएको छ ।

नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि सभाहलको भवन निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चन्दा जुटाएर आठ सय जना क्षमताको एक तले सभाहलको भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

“संस्थाका पदाधीकारी र सदस्यहरुबाट जुटाएको रु. ३५ लाख खर्चेर भवन ठडाएका छौ,” उहाँले भन्नुभयो “हालसम्म सरकारी सहयोग मागेका छैनौ । ब्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ । सभाहललाई सम्पन्न गर्न रु.असी लाख देखि एक करोड खर्च हुने अनुमान छ ।”

Shreekrishna hardwear in news

२९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालयको भवन छाइसकिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रंगरोगन, फर्निचन, बिद्युत, पानी जडानको काम बाँकी छ । गत असार महिनादेखि शुरु भएको भवन आगामी पुष महिनाभित्र सकेर आम्दानी खर्च बिबरण सार्वजनिक गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

नेवार समुदायको अगुवाइमा बनाएपनि सबैले प्रयोग गर्न पाउने भाषा मंका खल म्याग्दीका पुर्ब अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा ठाउँको अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरेर सभाहल बनाएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा ठूलो जिल्ला समन्वय समितिको सभाहल करिब आठ सय जना क्षमताको छ । होटलहरुमा पनि सभाहल छैनन् । सभाहलको अभावमा बजारबासीहरुलाई सांस्कृतिक कार्यमा भोजभतेर, राजनीतिक दलको सभा, समारोह, प्रशिक्षण सञ्चालन गर्न समस्या भएको छ ।

भाषा मंका खलको सभाहल निर्माणका लागि स्वर्गीय चन्द्रशेखर श्रेष्ठले ४ आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठले पाँच आना जग्गा उपलब्ध गराउनुभएको थियो । थप २० आना जग्गा खरिद गरेको थियो ।

नेपाल सम्बत ११४२ को अवसरमा शुक्रबार भएको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले तीन लाख ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा, तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले एक लाख १५ हजार उपलब्ध गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...