म्याग्दी बालगृहमा सामुहिक भाइटिका

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर मनाएका छन् ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा रहेका म्याग्दीका छोरी बुहारीहरुले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाको आयोजना बालगृहमा सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको हो ।

Annapurna aarohan ko notice

बालगृहमा रहेका बालबालिकाहरुलाई तिहार निरश नबनोस भनेर सामुहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधी उपेन्द्र गिरीले बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ जना बालबालिका आश्रित छन् । अभिभावक बिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।

Upper Myagdi transmition line notice

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामुहिक भाइटिका आयोजना गर्न पुजा सामग्री, मिठाई लगायत खानाका परिकारको ब्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालक संगठनका सदस्य नरेश श्रेष्ठले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...