एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

Gandaki Pardesh notice

पोखरेबगर । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ ।

पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिबेशनले दोवाका पुर्जाको अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्बसम्मत चयन गरेको नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले बताउनुभयो ।

अध्यक्ष चयन हुनुभएका खेलाडी र ब्यवसायी पृष्ठभुमिका पुर्जा युवा नेता हुनुहुन्छ । कमिटिको उपाध्यक्षमा खमबहादुर गर्बुजा, सचिबमा गंगा पुन, उपसचिबमा राजाराम बरुवाल र सुरेश पुन चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कमिटिका निबर्तमान अध्यक्ष खड्ग गिरी बिरामी भएर जिल्ला बाहिर भएकाले कात्तिक ९ गते अन्नपूर्णमा एमालेको अधिवेशन हुन सकेको थिएन् । बेनी नगरपालिका सहित अन्य ५ वटा स्थानीय तहमा सर्बसम्मत कमिटि चयन भएको थियो ।

एमालेको अन्नपूर्ण गाउँपालिकाको १ देखि ८ नम्बर वडामा क्रमश ः कुलप्रसाद पुन, यामबहादुर फगामी, रमेश पुर्जा, टुप्रसाद पुन, तेसराम पुर्जा, भक्तबहादुर खड्का, माइलन पुन र देउकुमारी खोरजा वडा कमिटि अध्यक्षमा चयन हुनुभएको छ ।

एमालेको बेनी नगर अध्यक्षमा नारायण जिसी, धवलागिरीमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्बुजा, मंगलामा सतप्रसाद रोका, रघुगंगामा दिपक कार्की पालिका कमिटि अध्यक्ष चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...