यतिमा सांस्कृतिक साँझ

Gandaki Pardesh notice

बेनी । बेनीको होटल यतिका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा मंगलबार लोक सांस्कृतिक साँझ भएको छ ।

बेनीको क्याम्पसचोक स्थित होटल यतिको आयोजनामा दीपावली पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार बसन्त थापा, प्रकाश दुतराज, सम्बोज मल्ल लगायतको प्रस्तुति थियो ।

लामो समयपछि भएको सांस्कृतिक कार्यक्रममा बेनी र आसपासका बासिन्दाहरु सहभागी भएका थिए । कलाकारहरुको गायन प्रस्तुतिसँगै दर्शकहरु छमछमी नाचेर मनोरञ्जन लिएका थिए । थाली, सालैजो लगायत भाकामा नृत्य पनि प्रस्तुत गरेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले कला र संस्कृतिको संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो । होटल यतिका संचालक बिमला गौचनले दिवंगत श्रीमान राम गौचनको स्मृतिमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताउनुभयो । १५ वर्षअघि दिवंगत हुनुभएका स्वर्गीय गौचनले गित संगितमा रुची राख्नुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...