बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

Gandaki Pardesh notice

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक सडक बनाएको हो । गत हप्ताको बिहिबारदेखि शुरु भएको बैकल्पिक सडकको मार्ग खोल्ने कार्य आइतबार साँझ सकिएको बेनी आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख जगत प्रजापतिले यसअघि बनाइएको सडक भासिएर साँघुरिदा सवारी साधन आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले नयाँ मार्ग खोलिएको बताउनुभयो । “करिब २०० मिटर नयाँ मार्ग खोलेर डाइभर्सन बनाइएको हो,” उहाँले भन्नुभयो “सडकमा गाडीको जाम, आवत जावत प्रभावित र दुर्घटनाको जोखिम हटेको छ ।”

Shreekrishna hardwear in news

ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुई वटा स्काभेटर र एक वटा ब्याकुहोलोडर परिचालन गरिएको थियो । बैकल्पिक सडक निर्माण अवधिभर यातायात ब्यवस्थापन र सुरक्षाका लागि दाना र भुरुङ तातोपानीबाट चार जना प्रहरीका साथै आयोजनाका प्राबिधिक र सुपरभाइजर खटिएका थिए ।

Bhautik ministry notice about road

भासिएको भन्दा माथितर्फ नयाँ सडक निर्माण भएपछि साघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौ जाम बस्नुपर्ने समस्या हटेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँका अनुसार प्रयोगमा आइसकेको बैकल्पिक सडकको स्तरोन्नति भने जारी छ ।

दैनिक दश घण्टा सवारी साधनको आवत जावत बन्द गरेर बैकल्पिक सडक निर्माण गरिएको हो । काभ्रे खण्डमा बैकल्पिक सडक बनेपछि बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज भएको छ । जाम र सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई सास्ती भएको थियो ।

स्तरोन्नतिको क्रममा रहेको ७६ किलोमिटर दुरीको सडकको अन्य ठाउँमा सहज रुपमा सवारी आवत जावत भइरहेका छन् । आगामी चैत महिनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य सहित निर्माण ब्यवसायीलाई काममा परिचालन हुन निर्देशन दिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
गलेश्वरमा करिब एक किलोमिटर र राहुघाट देखि बेगखोला सम्मको ६ किलोमिटर सडक कालोपत्रेको तयारी अवस्थामा छ । पहिलो प्याकेजको गलेश्वर–भुरुङ तातोपानी खण्डको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको सडक बिस्तार अन्तिम चरणमा पुगेको छ ।

भुरुङ्ग–तातोपानी–कैकुखोला दोस्रो प्याकेजको काभ्रेभिर, रुप्से, काभ्रे, घोप्टेभिर बाहेकको ठाउँको सडक पनि कालोपत्रेको तयारीमा छ । कैकुखोला–खन्ती खण्ड कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । खन्ती–देखी जोमसोम खण्डको चौथो प्याकेजको सडक कालोपत्रेको तयारीमा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...