स्वमूल्याङकनमा रघुगंगाले ल्यायो ७० अंक

Gandaki Kotihome

मौवाफाँट । स्थानीय तह क्षमता बिकास स्वमूल्याङका क्रममा म्याग्दीको रघुगंगा गाउँपालिकाले ७०.२५ अंक हासिल गरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार भएको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको मापदण्ड अनुसार सो अंक प्राप्त गरेको जानकारी गराइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले आर्थिक बर्ष २०७६÷७७ मा कुल १०० अंकमा ५२.२५ अंक प्राप्त भएकोमा २०७७÷७८ मा ७०.२५ अंक हासिल गरेको जानकारी दिनुभयो । मन्त्रालयले बिभिन्न १० वटा क्षेत्रसँग सम्बन्धित १०० वटा उपक्षेत्रमा तोकिएको काम गरे नगरेको आधारमा स्थानीय तहहरुको स्वमूल्याङ्कन गर्ने ब्यवस्था गरेको छ ।

Upper Myagdi transmition line notice

“सेवा प्रवाह, कार्यालय ब्यवस्थापन, बिकास आयोजना सञ्चालन, पारदर्शीता, सुशासन लगायत बिषयमा स्वमूल्याङ्कन हुन्छ,” सुबेदीले भन्नुभयो “स्वमूल्याङ्कनको अंकको आधारमा संघीय सरकारले दिने अनुदान थपघट हुन्छ ।”

सो कार्यक्रममा गाउँपालिकाले गत आर्थिक बर्ष २०७७÷७८ को समिक्षा, छलफल र सार्वजनिक सुनुवाई गरेको थियो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले कुइनेखानी बाहेक ८ वटा वडाका सबै बस्तिमा सडक पुगेको, ७ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको, धौलागिरी आइसफल र सेञ्चुरी पदमार्ग, टोड्के, रुइसेमा पूर्बाधार निर्माण शुरु भएको जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर मौवाफाँटमा सामुदायिक बहुउद्देश्यीय भवन, प्रहरी चौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको, झिँ र दग्नाममा स्वास्थ्य चौकीको भवन, झिँमा वडा कार्यालय भवन निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो ।

भगवतिमा निजी धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको, पाखापानीमा बिद्युतीकरण भएको, दर्मीजा, चिमखोला र कुइनेमंगलेमा बिद्युतीकरणको तयारी भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले स्थानीय तहले आफ्नो भूगोलमा संघ र प्रदेशका निकायले सञ्चालन गरेका योजनालाई अपनत्व लिएर कार्यान्वयनमा सहजिकरण र प्रभावकारी बनाउन अनुगमन गर्नुपर्ने बताउनुभयो ।

“प्रदेश र संघका योजनालाई पालिकाका पदाधीकारीले अनुगमन र सहिजकरण गर्नुपर्छ ।,” उहाँले भन्नुभयो “ठूला कार्यक्रम आउने तर कहि कतै ति कार्यक्रममा घुमाई फिराई जनप्रतिनिधै संलग्न भएर काम गर्ने तर सम्पन्न नहुने समस्या देखिएकाले यस तर्फ सचेत हुनुपर्छ ।”


जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, उपाध्यक्ष कमला तिलिजा, जिल्ला समन्वय अधिकारी जानुका सुबेदी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राई, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा गाउँपालिका अन्तरगत शाखा र वडा कार्यालयले गत बर्षको प्रगति बिबरण सार्वजनिक गर्नुका साथै गुनासा संकलन र अन्तरक्रिया समेत भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...