बेनीमा पशुमा पुर्ण खोप कार्यक्रम

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम लागू भएको छ ।

कार्यक्रमका लागि पहिलो चरणमा पशुको तथ्याङ्क संकलनमा खटिने गणकहरुलाई शुक्रबार बेनीमा अभिमुखीकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले तालिम लिएका गणकहरु शनिबारदेखि पशुको तथ्याङ्क संकलनमा परिचालन हुने जनाएको छ ।

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले नगरभित्र घरधुरी अनुसार कृषकले पालेका गाई, भैसी, भेडाबाख्रा, बंगुर, कुकुर लगायत पन्छीको विवरण संकलन गर्न गणकहरुलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गणकले पशुको जात, पहिचान, खोप लगाएको छ वा छैन, औषधी पशुलाई खुवाएको वा नखुवाएको, पशुपालन फर्म दर्ता गरे वा नगरेको, जग्गा, घाँसखेती, पशुपालनबाट बार्षिक आम्दानी, पशु विमा गरे वा नगरेको, पशुपालनमा गरेको लगानी निजी वा ऋण, रोजगारीको संख्या, फ्रेस, डेरी लगायतको विवरण संकलन गर्ने भएका छन् ।

बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डाक्टर जनाश्रीत श्रेष्ठले खोपबारे कृषकलाई बुझाएर बास्तविक पशुको संख्या संकलन गर्न आग्रह गर्नुभयो । “कृषकले पालेका जनावरलाई स्वस्थ राखेर आम्दानी बढाउन, जोखिम कम गर्नका लागि खोप अनिवार्य भनेर बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । ३० जना गणकले १५ दिनभित्र लिएको तथ्याकंको आधारमा घरघरमा पुगेर पशु खोप संचालन गरिने पशु सेवा प्राविधिक सुभाष रेग्मीले बताउनुभयो ।

गाईभैसीलाई खोरत, भ्यागुत÷चरचरे रोगको खोप, बाख्रालाई पिपिआर खोप, बंगुरलाई स्वायनफिगर खोप र कुकुरलाई रेविज खोप लगाएर नगरपालिकाभित्र पशुमा पुर्ण खोप कार्यक्रम सञ्चालन गरिएको प्राबिधिक खगेन्द्र बिकले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...