१३० रोपनी जग्गा सट्टाभर्ना

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन् ।

३५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदी पावर कम्पनीले ९० रोपनी र ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरले ३० रोपनी जग्गा सटटभर्ना गरेका डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

सहायक बन अधिकृत नरबहादुर क्षेत्रीले तुँदीले धवलागिरी गाउँपालिका–६ मराङमा, रघुगंगा हाइड्रोपावरले रघुगंगा गाउँपालिका–३ र ५ मा जग्गा उपलब्ध गरेर बनलाई उपलब्ध गराएको जानकारी दिनुभयो । जलबिद्युत आयोजनाहरुले प्रयोग गर्ने सरकारी जग्गाको बिकल्पमा सोही क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनुपर्ने नीतिगत ब्यवस्था छ ।

Shreekrishna hardwear in news

यसैगरी कटान गरिएको एक वटा रुख बराबर दश वटा बिरुवा बृक्षारोपण गर्नुपर्ने र पाँच वर्षसम्म स्याहार सम्भार गरि हस्तान्तरण गर्नुपर्ने ब्यवस्था छ । बिरुवा उत्पादन, बृक्षारोपण र हेरालुका लागि तुँदीले रु. १४ लाख र दुई वटा बन समुहका लागि रघुगंगा हाइड्रोपावरले बन डिभिजनलाई रु. सात लाख ९६ हजार ६१३ उपलब्ध गराएको छ । राहुघाट जलबिद्युत आयोजनाले ५३८ वटा, अपर र मंगले राहुघाटले १५३ वटा रुख कटान गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...