एमालेको बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी सर्बसम्मत

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले बेनी नगर कमिटिको अध्यक्षमा नारायण जिसी सर्बसम्मत चयन हुनुभएको छ ।

उपाध्यक्षमा लीलाराम गौतम, सचिबमा सुवास बिश्वकर्मा, उपसचिबमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको एमाले म्याग्दीले जनाएको छ । ७५ सदस्यीय नगर कमिटि चयन भएको हो ।

मंगलबारदेखि शुरु भएको अधिवेशनमा नेतृत्वका आकाक्षी धेरै भएपछि सहमतिका लागि स्थगित गरिएको थियो । छलफलको माध्यमबाट सहमतिमा नेतृत्व टुङ्गो लगाइएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगर अध्यक्षमा जिसी सहित राजकुमार थापा र चन्द्रकुमार केसीले दावी गर्नुभएको थियो । अन्तिम सम्म जिसी र केसीले दावी यथावत राखेपछि जिल्ला इञ्चार्ज, अध्यक्ष सहितको टोलीलाई सहमतिको जिम्मेवारी दिइएको थियो ।

नगर कमिटि अध्यक्ष जिसी ब्यवसायिक पृष्ठभुमिका हुनुहुन्छ । निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष जिसी म्याग्दी उद्योग बाणिज्य संघको सहकोषाध्यक्ष हुनुहुन्छ । संघर्षशिल र सफल ब्यवसायीको पहिचान बनाएका जिसी बि.स. २०६५ देखि म्याग्दीको सक्रीय राजनीतिमा उदाउनुभएको हो ।

राष्ट्रिय युवा संगठनको विभिन्न पदमा रहेर काम गरेका जिसी यसअघि पनि एमालेको बेनी नगर कमिटि अध्यक्ष हुनुहुन्थ्यो । जिसी यसअघि पनि एमालेको बेनी नगर कमिटि अध्यक्ष हुनुहुन्थ्यो । जिसीले दिवंगत बहिनी गंगाको स्मृतिमा गंगा जिसी फाउण्डेशन स्थापना गरेर सामाजिक काम गर्दै आउनुभएको छ । गत बर्षको बिपद् ब्यवस्थापन र महामारी नियन्त्रणका समयमा जिसीले अग्रणी भूमिका निर्बाह गर्नुभएको थियो ।

बेनीमा बसोबास र ब्यवसाय गर्दै आउनुभएका जिसी बेनी नगरपालिका वडा न. ६ छापको स्थायी बासिन्दा हुनुहुन्छ । जिल्लाको केन्द्र बेनीमा एमालेलाई बलीयो र संगठनलाई सुदृढ बनाउन जोड दिने जिसीको योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...